Home » » संविधान पारित भएपछि मलाई खुइल्याउने काम भयो– बाबुराम भट्टराई

संविधान पारित भएपछि मलाई खुइल्याउने काम भयो– बाबुराम भट्टराई

काठमाडौं, असौज २ । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो योगदानको कदर हुनुको साटो खुइल्याउने काम भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले संविधान जारी गर्न आफूले मुख्य भूमिका निर्वाह गरेको दावी गरे । “संवाद समितिको सभापतिको हैसियतले सबै पक्षलाई सहमतिमा ल्याउन, विवादित विषयमा सहमति खोज्न र संविधान निर्माणका लागि गर्नुपर्ने यावत काम गरेर मस्यौदाको अवस्थामा ल्याइपु¥याउन मैले कति भूमिका निर्वाह गरे भन्ने कुरा सबैले थाहा पाएको विषय हो ।” शनिबार काभ्रेको पाँचखाल नागरपालिका–१६ स्थित धुर्मुस सुन्तली एकीकृत बस्ती अवलोकनका क्रममा भट्टराईले भने । “तर संविधान पारित भइसकेपछि भने मलाई खुइल्याउने काम भइरहेको छ ।  मैले संविधान नै ल्याउन नखोजेको, विथोल्न खोजेको जस्तो प्रचार गरिँदैछ ।” उनको गुनासो थियो ।


संविधान विरोधी शक्ति र व्यक्तिहरु आफूमाथि खनिएको उनको तर्क थियो ।

बाबुरामले नयाँ संविधानमा आफू सम्पूर्णरुपमा खुशी भने हुन नसकेको प्रतिक्रिया दिए । संविधानसभाले जारी गरेको संविधानप्रति आफू आशिंक बेखुशी भएको उनको भनाई थियो । “अहिले पनि संविधानसभामा प्रतिनिधित्व गर्ने तराई धेरै दल बाहिर रहेक छन् । संविधान जारी भएको अवसरमा उत्वस मनाउने र मादल बजाउने बेला भएको छैन ।” उनको विचार थियो ।

ु“संविधान जारी भएकोमा म समुल रुपमा खुशी भएपनि आंशिक रुपमा म बेखुशी छु । किनभने अहिले पनि तराइ मधेस, मगरलागयतका समस्याको समाधान भएको छैन । यी सबै समुदायको माग पुरा गरेर संविधान जारी गर्न पाएको भए धेरै खुशी हुन्थें ।”  भट्टराईले भने ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}