
|
|
बिदुर कटुवाल बैरागी, उदयपुर, असोज २ । एकातिर दीपावलीको तयारी, अर्कोतर्फ हरके छतमा कालो झण्डा । यो उदयपुरको दृश्य हो । जहाँ असन्तुष्ट समुदायले आफ्नो छतमा कालो झण्डा गाडेर विरोधको तयारी गरिरहेका छन् ।
संविधान जारी हुने खुशियालीमा एकथरीले दीप प्रज्वलनको तयारी गरिरहँदा असन्तुष्ट समुदाय बिरोधमा उत्रेका हुन । एकथरीले ऐतिहासिक उपलब्धि भनिरहेका छन् भने अर्काथरीका लागि यो कालो पर्व बनेको छ ।
उदयुपर जिल्लामा रहेका नेपाली काङग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, जनमोर्चा लगायतले संविधान जारी हुने खुशियालीमा भोली आईतबार गाईघाटको मेनचोक, कटारी, वेल्टार लगायतका बजारहरुका चोकमा दिपप्रजवल्न गरी स्वागत सभाको आयोजनाको तयारी गरेको नेपाली काङग्रेस उदयपुरका सभापति हिमाल कार्कीले बताए ।
उता माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भने असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने घोषणा गरेको छ । माओवादी उदयपुरका सेक्रेटरी जीवन कार्की कुशलले मोर्चामा आवद्ध दल र आन्दोलनरत अन्य पक्षले आइतबारलाई कालो दिनका रुपमा मनाउने तयारीमा रहेको बताए । संविधानसभाबाट बनेको संविधान प्रतिगामी रहेकाले नगरपालिका र गाँउ विकास समितिका गाँउ गाँउमा गएर जनतालाई समेत बुझाउने काम सुरु गरिएको पनि उनले जानकारी दिए ।
असन्तुष्ट आदीवासी जनजाति महासंघ उदयपुरले पनि असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको आदीवासी जनजाति महासंघ उदयपुरका अध्यक्ष प्रदिप चौधरीले बताए । थारु कल्याण्कारी सभाका उदयपुरका अध्यक्ष समेत रहेका चौधरीले शनिबारदेखिनै थारु कल्णकारी सभाले उदयपुका प्रत्येक थारुको घरमा कालो भण्डा गड्न सूरु गरेको पनि बताए । चौधरीका अनुसार त्रियुगा नगरपालिको थारु बस्तिमा प्रत्येक घरमा कालोझण्डा गडिएको छ ।
उदयपुरमा मोटर साईकल वाहेक सम्पुर्ण यातायात ठप्प राखी प्रतिगामी संविधान भन्दै विरोध गरिरहेको थारुले दिप प्रजवल्नकै दिन टायार बल्ने योजना गरेको आन्दोलनकारीका नेता चौधरीको भनाई छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

