
|
|
बागलुङ—नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौमसत्ता र राजकीय सत्ता सम्पन्न बनाउने नेपालको इतिहासमा सर्वाधिक महत्व राख्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ घोषणा हुन गइरहेकोमा नेपाली कांगे्रस बागलुङले स्वागत गरेको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले आज एक विज्ञप्ति प्रकाशित गरी यस संविधानले जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गर्दै नेपालको राष्ट्रिय एकता र लोकतान्त्रिक पहिचानको नयाँ आधार निर्माण गरेको जनाउनु भएको छ । यो संविधानले राज्य शक्तिको श्रोत नेपाली जनतानै भएको तथा जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गरेको कार्यवाहक सभापति उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रमा विद्यमान सबै खाले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक द्वन्दलाई निकास दिने महत्वपूर्ण अवसर पनि यस संविधानले उपलब्ध गराएको भन्दै यो अवसरमा विजय उत्सब मनाउन आग्रह गरिएको छ । नेपाली कांग्रेसले संविधान निर्माण र बागलुङ अखण्ड राख्ने अभियानमा योगदान पु¥याउनु हुने शीर्षस्थ नेतृत्वगण, माननीय सभासद् र बागलुङवासी नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दै विजय उत्सब मनाउने कार्यक्रम सार्वजनिक गरेको छ । भदौ १ गते महिला संघको आयोजनामा दीप प्रज्वलन, २ गते तरुण तथा विद्यार्थीको आयोजनामा दीप प्रज्वलन , ३ गते पार्टीका सम्पूर्ण कार्यकर्ता सहित सबैकाको घर—घरमा दीप प्रज्वलन र ४ गते बागलुङ बजारमा, कुश्मिशेरा, गल्कोट, बुर्तिवाङमा आयोजना हुने नेपालको संविधान २०७२ घोषणाको मूल समारोहमा सक्रिय सहभागिता जनाउन पनि आग्रह् गरेको छ ।
विज्ञप्तिको पूर्ण पाठ
२००७ सालको जनक्रान्ति देखि नेपाली जनताले लडेको प्रजातन्त्रको लामो संघर्षको फलस्वरुप आफ्ना जन प्रतिनिधि मार्पmत नेपालको संविधान निर्माण गर्ने चाहना पूरा हुने भएको छ । नेपाली जनताको भावनालाई उच्च रुपमा सम्मान गर्दै राज्य शक्तिको श्रोत नेपाली जनतानै भएका र नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौमसत्ता र राजकीय सत्ता सम्पन्न बनाउने नेपालको ईतिहासमै सर्वाधिक महत्व राख्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ यही असोज ३ गते घोषणा हुन गइरहेको छ । यस संविधानले जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गरेको छ भने नेपालको राष्ट्रिय एकता र लोकतान्त्रिक पहिचानको नयाँ आधार निर्माण गरेको छ । राष्ट्रमा विद्यमान सबै खाले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक द्वन्दलाई निकास दिने महत्वपूर्ण अवसर पनि यस संविधानले उपलब्ध गराएको छ । यो संविधान सबै खाले वाद र विचारहरुको साझा दस्ताबेजका रुपमा निर्माण भई दीगो शान्ति, लोकतन्त्र र सम्वृद्धिका लागि मार्ग निर्देशन गर्न सफल हुनेछ । यो सफलता लोकतन्त्रको निरन्तर अभ्यासले विकसित गराएको महत्वपूर्ण उपलब्धि हो ।
अतः यस उपलब्धिलाई निम्न लिखित कार्यक्रमहरुका साथ स्वागत र विजय उत्सव मनाउन नेपाली काँगे्रस पार्टीका जिल्ला, क्षेत्र, नगर, गाउँ र वार्ड, तहसम्मका सबै साथीहरुले विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था, भ्रातृ तथा शुभेच्छुक संघ, संस्थाहरुसँग समन्वय गरी विजय उत्सव मनाउन अनुरोध गरिएको छ । साथै संविधान निर्माण र बागलुङ अखण्ड राख्ने अभियानमा योगदान पु¥याउनु हुने शीर्षस्थ नेतृत्वगण, माननीय सभासद् र बागलुङवासी नागरिकहरुमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति धन्यवाद प्रकट गर्दछ ।
१) मिति २०७२÷०६÷०१ गते साँझ ६ः३० बजे महिला संघ द्वारा बागलुङ बजारमा दिप प्रज्वलन गर्ने ।
२) मिति २०७२÷०६÷०२ गते साँझ ६ः३० बजे तरुण तथा विद्यार्थीहरुबाट दिप प्रज्वलन गर्ने ।
३) मिति २०७२÷०६÷०३ गते साँझ ६ः३० बजे पार्टी पंत्तिका सम्पूर्ण कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संघका कार्यकर्ताहरु, सामाजिक संघ संस्थाका महानुभावहरुबाट घर घरमा, पार्टी कार्यालयहरुमा, संघ संस्थाका सबै निकायहरुमा र बागलुङ बजारको लोकतान्त्रिक चोकमा पनि दिप प्रज्वलन गर्ने ।
४) मिति २०७२÷०६÷०४ गते दिउँसो १ः३० बजे बागलुङ बजार, कुश्मिशेरा बजार, गलकोट बजार, बुर्तिबाङ बजारमा आयोजना गरिएको नेपालको संविधान २०७२ घोषणाको स्वागत समारोहमा उपस्थित भई सक्रिय सहभागिता जनाउने ।
पुनश्चः स्वागतका कार्यक्रमहरु स्थानीय तहमा सर्वदलीय र सर्वपक्षीयहरुमा समन्वय गरी सम्पन्न गर्न उपयुक्त हुनेछ ।
जय नेपाल !
जगदिशचन्द्र उपाध्याय
कार्यवाहक सभापति
नेपाली कांग्रेस बागलुङ

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

