Home » » भारतका विदेश सचिव जयशंकरबाट नेपाली राजनीतिलाई खतरा -चित्रबहादुर केसी

भारतका विदेश सचिव जयशंकरबाट नेपाली राजनीतिलाई खतरा -चित्रबहादुर केसी

काठमाडौं–भारतका विदेश सचिव एस. जयशंकर नरेन्द्र मोदीको होइन तराईका जमिन्दारहरुको विशेषदूत भएर नेपाल आएका हुन् भन्ने कुरा तराईकाc भोकानांगा जनताले पनि बुझ्नु पर्छ । सत्तामा रजगज गरेका, सत्ताको लुछाचुँडीमा महारथ प्राप्त गरेका नेताहरुले अहिले तराईमा आगो बालेका छन् । तर यी तराईका नेता भनाउँदाहरुले पनि आफैले आफ्नै बुद्धीले आन्दोलन गरेका हैनन् । उनीहरुलाई आडभरोसा, पैसा भारतीय विस्तारवादले गरेको कुरा बिर्सनु हुँदैन ।



भारतको चाहना त झापादेखि कञ्चनपुरसम्मको तराई भूभागलाई एउटै प्रदेश बनाउने र नेपालबाट अलग्याउने थियो । त्यो चाहना अहिले पूरा भएन । तर मधेसका आठ जिल्ला भने अहिले नेपालको हिमाल र पहाडबाट छुट्टयाइएको छ । यतिले मात्रै नपुगेर तराईका जमिन्दारले पूरै तराई चाहिन्छ भनेर आन्दोलन गरेका हुन् । उनीहरुको आन्दोलनको मतलव तराईका भोकानांगा जनताको हित गर्नु होइन । यो कुरा तराईका देशभक्त जनताले बुझिसकेका छन् । तराईमा जनताको त्यस्तो बिल्लीबाठ छ, त्यो कुरामा आफूलाई मसिहा ठान्ने नेताले कहिल्यै केही गरे ? कहिल्यै पनि केही गरेका छैनन् । तिनै नेताहरु अहिले अरुको निर्देशनमा उचिलिएका छन् । उचालिने बेलामा उचालिए, तर अब केही नहुने भयो । त्यति धेरै मानिसको ज्यान पनि गयो । अहिले मधेसका जमिन्दारहरुले उता भारतमा भनिरहेका होलान्, ‘तिमीहरुको भनेको मानेर यत्रो उपद्रो गर्यौं, तर अहिले हाम्रै स्थिति धरापमा पर्यो ।’ त्यसकारण पनि उनीहरुको फेस सेभिंग गर्न जयशंकर नेपालमा आएका हुन सक्छन् ।
हरेक देशले आफ्नो हितअनुसार विदेशनीति बनाउँछ । सबै देशले भित्रि रुपमा अर्को देशमा चलखेल गरिरहन्छन् । तर भारतको जस्तो लाजघिन पचाएर, नांगो हस्तक्षेप अरुले गर्दैनन् । भारतले त नेपाललाई भुटानसरह बनाउन खोजेको छ । तर नेपालमा भुटानका जस्ता जनता छैनन् । नेपालीहरु स्वाभिमानी छन् । यसपटक १६ बुँदे सहमति दलहरुले गरेपछि भारतले अदालतबाट, राष्ट्रपतिबाट त्यसलाई तुहाउन आफ्ना एजेन्टे परिचालन गरेकै हो । तर उसले सकेन । बाहिरी देखाउन नेपालमा संविधान निर्माणमा भएको प्रगतिलाई स्वागत गर्ने तर भित्रभित्रै संविधान जारी हुनै नदिने खेल भारतले खुलेरै गर्यो ।
अब अहिले मोदीका विशेषदूत बनेर आएका जयशंकरले के गर्छन् हेर्न बाँकी छ । यीनले भरसक मधेसी नेताहरुको संकटमा परेका कारण उनीहरुको ‘फेस सेभिंग’कसरी गराउन सकिन्छ भनेर कोसिस गर्नेछन् । त्यति मात्रै होइन जारी प्रक्रियामा भाँजो हाल्ने किशिमले कुरा बिगार्ने पनि डर छ । जयशंकरको आगमनबाट नेपाली राजनीतिलाई डर छ । तर यो पटक नेपालका नेताहरुले आँट र हिम्मत चाहिँ गरेकै हुन् । कसैको नसुनी संविधान जारी गर्ने हिम्मत गरे । विदेशीले भनेको जति मान्यो, त्यति नै यीनीहरुले टाउकोमा टेक्छन् । आफ्नो निर्णय आफै गर्दै जाने हो भने उनीहरुको मनोबल पनि कमजोर हुन्छ ।
अमेरिकाबाट ५० किलोमिटर मात्रै टाढा भएको क्यूबाले अमेरिकी साम्राज्यवादविरुद्ध ५० वर्ष लड्यो । विश्वभरका कैयन् देशलाई आफ्नो एजेन्ट राख्न सक्ने अमेरिकालाई नजिकैको फुच्चे देश क्यूबाले टेर्दै टेरेन । ५० वर्षपछि अहिले अमेरिका आफैले अब सम्बन्ध सुधार गर्नुपर्छ भनेर मित्रताको हात अगाडि बढाएको छ । यसले बिस्तारवादी, साम्राज्यवादीहरुलाई ठीक पार्न सकिन्छ भन्ने सन्देश गएको छ ।
अब जहाँसम्म संघीयताको सवाल छ, यो पनि भारतले नै मधेसी नेतालाई उचालेर गराएको हो । मधेस बिद्रोहबाट नै नेपालमा संघीयता स्थापित भएको हो । आत्मनिर्णयको अधिकारसहित एक मधेस एक प्रदेशको नारा घन्काउने र त्यो पुरा भएपछि बिहारसँग मिसाउने ग्र्यान्ड डिजाइन हो । त्यो योजनाअनुसार नै विभिन्न अराजक, अराजनीतिक कामहरु नेपालमा हुन्छन् । यो कुरा सबैले ख्याल गर्नुपर्छ ।(काठमाण्डौ टुडेबाट )
(अध्यक्ष केसीसँग भएको कुराकानीमा आधारित)

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}