Home » » स्थानीयवासीसँगको झडपमा प्रहरीको गोलीबाट ४ वर्षीय बालक सहित ४ को मृत्यु

स्थानीयवासीसँगको झडपमा प्रहरीको गोलीबाट ४ वर्षीय बालक सहित ४ को मृत्यु

भैरहवा, भदा २९ । लुम्विनी औद्योगिक कोरीडोरका मालवहाक सवारी साधनलाई स्कर्टिङ गरी भैरहवातर्फ ल्याउनेक्रममा बेथरीमा स्थानीय प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ४ वर्षीय बालिकसहित ३ जना अन्यको मृत्यु भएको छ ।

घटनाको वास्तविक कारणबारे प्रहरीले अझैसम्म स्थिति सार्वजनिक गरेको छैन । गाडीहरू स्कर्टिङ गरेर लुम्बिनीतर्फ लैजाने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । औद्योगिक कोरीडोरका मालवहाक सवारी साधनलाई स्कर्टिङ गरी भैरहवातर्फ ल्याउनेक्रममा बेथरीमा एक ट्रकले स्थानिय महिला नन्दनी पाण्डेलाई ठक्कर दिएपछि स्तिथीलाई नियन्त्रण लिन प्रहरीले गोली चलाएको थियो। दुर्घटनाका कारण आक्रोशित स्थानियवासीले ट्रकमाथि आगजनी गरेकाले स्थितीलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले गोली चलाउन वाध्य भएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताएका अन्नपूर्णपोष्टले जनाएको छ ।

भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय वालक चन्दन कुमार पटेलको मृत्यु भएको छ। वाललको शव युनिभर्सल शिक्षण अस्पताल भैरहवामा राखिएको छ। अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण छ।

झडपमा प्रहरीले चलाएको गोली लागेर गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा अनलाईनबलरले भने स्थानीयबासीले प्रहरीले बेथरीको पुलमाथिबाट गोली प्रहार गरेको र बजार भर्न आएकाको मृत्यु भएको बताएको स्थानीय वासीलाई उद्दृत गर्दै समाचार ्रकाशित गरेको छ । खबरका अनुसार, रञ्जना भने घरमै बसिरहेको स्थानीयको दाबी छ ।
घाइते नन्दनी पाण्डे, पुर्णपासी धोवी लगायतको अस्पताललमा उपचार जारी रहेको छ।
सुरक्षाकर्मीले दर्जनौ अश्रुर ग्यास र हवाई फायर चलाएको थियो। स्थानीय प्रशसनले भैरहवा क्षेत्रमा ५ दिन निषेधाज्ञा थप गरी लम्वाएको प्रमुख जिल्ला अधिकारी विष्णुसाद ढकालले जानकारी दिए।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}