
|
|
भाद्र १६, २०७२- मधेश र थरुहट लगायतका क्षेत्रमा प्रदेशको सिमांकनका विषयमा चर्किएको आन्दोलनलाई वार्ताबाट सम्बोधन गर्न नेपाली कांग्रेसका सभासदहरुले नेतृत्वलाई दवाब दिएका छन् ।
पार्टी संसदीय दलको बैठकमा बोल्ने अधिकांश सभासदले वार्ता र सम्वादबाट आन्दोलरत्पक्षलाई संविधानसभाबाट संविधान निर्माणको बाटोमा ल्याउन नेतृत्वलाई आग्रहसहितको दवाब दिएका हुन् ।
बिहान बसेको बैठकमा मधेसबाट प्रतिनिधित्व गर्ने अधिकांश सभासदले बोलेको र सबैले मधेश/थरुहटको आन्दोलनलाई लचिलो भएर वार्ताबाट समाधान गर्न जोड दिएको सभासद रामकृष्ण यादवले बताए । अपरान्ह ४ बजेफेरि बैठक बस्दैछ ।
सरकारको नेतृत्वकर्ता दल भएका नाताले पार्टीले लचिलो र सकारात्मक भएर वार्ताको पहल गर्नुपर्ने सभासदहरुको भनाई थियो । 'उनीहरुले उठाएका जायज मागको सम्बोधन गरिनुपर्छ,' यादवले भने ।
कतिपय सभासदले महाधिवेशन स्थगित गरेर पार्टी नेतृत्व सरकार र पार्टी दुवै मोर्चामा असफल साबित भएको आरोप लगाएका थिए ।
Source:Ekantipur

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

