Home » » क्षेत्री पत्रकार समाजको अध्यक्षमा अविरल

क्षेत्री पत्रकार समाजको अध्यक्षमा अविरल

क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले हरेक व्यक्तीले आफ्नो पेशाको सिमा र मर्यादा ख्याल राखेर कार्यसम्पादन गर्नुपर्ने बताउनु भएको छ ।
क्षेत्री पत्रकार समाज बागलुङ र क्षेत्री कलाकार समाज बागलुङको देस्रो अधिवेशनको क्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्कीले पत्रकारले पत्रकारीताको मर्यादा र कलाकारले कलाको सम्मान नगर्नेहो भने समाजमा अराजकता फैलिदै जाने समेत बताउनु भएको छ ।

अधिवेशनले रासस कर्मी राम थापा अविरल लाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । बुधबार क्ष्ँेत्री समाज बागलुङको कार्यलयमा भएको अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तोष क्षेत्री, सचिवमा सिर्जना पन्त, सह(सचिवमा गुमानसिंह भण्डारी, कोषध्यक्षमा अर्जुन कार्की, सदस्यहरुमा उषा पौडेल, भुपेन्द्र केसी, सचदेव क्षेत्री, छविचन्दन केसी, अनिशा कुूवर र जेनिशा नायर रहनु भएको छ ।
तेस्तै रेणु केसीको अध्यक्षतामा क्षेत्री कलाकार समाज बागलुङको नयाू कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्ष्ँमा कृष्ण अखेली, सचिवमा हस्त केसी जलन, सह(सचिवमा सुजन केसी, कोषाध्यक्षमा भावना खड्का, सदस्यहरुमा सौगात खडका, सिता नायक, शान्ति रायमाझी, सिता खत्री, सविता केसी र लक्ष्मण केसी रहनु भएको छ ।
अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका क्षेत्री पत्रकार र क्षेत्री कलाकारका सदस्यहरुलाई सुभकामना दिदै क्षेत्री समाज बागलुङका वरिष्ठ उपाध्यक्ष्ँ महेन्द्र सिंह रायमाझी र उपाध्याक्ष अन्जु जिसीले कलाकार र पत्रकारले जात र धर्म भन्दा माथि उठेर सबैको पक्षमा काम गर्न सुझाव दिनुभएको थियो ।
Source: Nepalsanchar

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}