
|
|
काठमाडौं शहरमा रेल गुडाउनका लागि अबको केही दिनमै फ्रान्स सरकारको विशेष टोली प्रक्रियाका लागि काठमाडौं आउने भएको छ । नेपाल सरकारले काठमाडौं सहरलाई रेल सञ्जालमा जोड्ने लक्ष्य लिएअनुरुप थप सम्भाव्यता अध्ययन तथा लगानीको निर्धारण गर्नका लागि टोली काठमाडौं आउने भएको हो । मिनीरेल र मेट्रोरेल दुवैका लागि फ्रान्सले लगानी गर्नेछ । सम्भाव्यता अध्ययनपछि मात्र कुन मोडलमा रेल सेवा सञ्चालन गर्ने भन्ने सम्वन्धमा टुङ्गो लाग्नेछ । नेपालले भने आफ्नो लक्ष्यअनुरुपको सम्भाव्यता अध्ययन गरिसकेको छ । तर लगानीका लागि फ्रान्स सरकारले विशेष चासो दिएकाले टोलीले लागतसहितको सम्भाव्यता अध्ययन गर्नेछ ।
भौतिक यातायात तथा व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाका अनुसार सम्भवतः २ हप्ताभित्रै फ्रान्स सरकारको विशेष टोली नेपाल आएर मिनी र मेट्रो रेलको आफ्नै हिसावले सम्भाव्यता अध्ययन गर्नेछ । काठमाडौंमा रेल सञ्चालन गर्ने सम्वन्धमा लगानी गर्न यसअघि नै फ्रान्स इच्छुक देखिएको छ । रेल सेवा सञ्चालनका लागि फ्रान्स सरकार वा फ्रान्सका व्यवसायीहरुले लगानी गर्नेछन् । फ्रान्सको टोलीले सम्भाव्यता अध्ययन अघि बढाउनका लागि अर्थमन्त्रालयमा पुगेर आवश्यक प्रक्रिया अन्तिम चरणमा पु¥याएका छन् । काठमाडौं उपत्यकाका तीन वटै सहरलाई मेट्रो रेल सञ्जालमा जोडिने छ । बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै सरकारले रेल सञ्जाल अघि बढाउने लक्ष्य लिएको हो । नेपालको तर्फबाट भएको अध्ययनले चक्रपथभित्र चार वटा रेडियल लाइनका आधारबाट रेल सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ ।
काठमाडौंको जमललाई केन्द्रविन्दु बनाएर कलंकी–सिनामंगल, कोटेश्वर–गंगबु, बल्खु–चाबहिल र सातदोबाटो–नारायणगोपाल चोकका बीचमा ४ वटा रेडियल लाइनको प्रयोग गर्नेगरी नेपालले अध्ययन गरेको थियो । झण्डै साढे ५ खर्वको लागत रेल सञ्जालका लागि लाग्ने अनुमान छ । काठमाडौंमा रेल सञ्चालन भएमा काठमाडौंको फोहोर/धुलो धुवाँ पनि नियन्त्रणमा आउने छ । फ्रान्सले सम्भाव्यता अध्ययन पुरा गरेर निष्कर्ष निकालेपछि मात्र रेल सञ्चालन गर्ने बाटो खुल्नेछ । प्रक्रिया पुरा भएको ५ वर्षको अवधिमा रेल सञ्चालन हुन सक्ने लक्ष्य नेपालले लिएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

