
|
|
बागलुङ २०७२ असोज १ । मन्त्री परिषदको आज बसेको बैठकले २६ नयाँ नगरपालिका र एक उपमहानगरपालिकाको घोषणा गरेको छ । सरकारको यस निर्णय सँगै देशमा अब १ महानगरपालिका, १२ उपमहानगरपालिका र २०४ नगरपालिका पुगेका छन् ।
तर बागलुङ जिल्लामा नगरपालिका थप गरिएको छैन । बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ, मध्यकेन्द्र रहेको गल्कोट र दक्षिण केन्द्र रहेको कुस्मीसेरालाई नगरपालिका घोषणा गरिनु पर्ने माग गर्दै आएका जिल्लावासी सरकारको आजको निर्णय हिस्स पारेको छ ।
आवश्यक पूर्वाधार पुगेका जिल्लाकी यी शहरोन्मुख क्षेत्रलाई सरकारले यस अघीनै नगरपालिका घोषणा गरिनु पर्ने हो तर आज पनि बागलुङ जिल्लामा नगरपालिका नथपिनु जिल्ला र जिल्लावासीका निम्ति अन्याय भएको जिल्लावासीले बताएका छन् ।
स्मरणीय छ, बागलुङ जिल्लामा एकमात्र, जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका छ ।
आज सरकारले गरेको निर्णय अनुसार धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गरिएको छ भने मुलुकका विभिँन्न जिल्लाहरुमा २६ नगरपालिका थप गरेको छ । मन्त्रिपरिषद बैठकले ११ नगरपालिकाहरुलाई विस्तार गरेको छ ।
मुगु, डोल्पा, कालिकोट, हुम्ला, रसुवा, मनाङ र मुस्ताङ नगरपालिकाबिहीन छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

