Home » » हाडेपाखाको गणेश प्राविको भवन पुननिर्माण गर्न ३ लाख रुपया सहयोग !

हाडेपाखाको गणेश प्राविको भवन पुननिर्माण गर्न ३ लाख रुपया सहयोग !

देशमा संविधान घोषणाको चटारो चलीरहेको बेला बैशाख महिनाको भुकम्पबाट पुुगेको भौतीक क्षतीको पुननिमार्ण तर्फ सरकारको खासै ध्यान पुगेको देखिन्न । तर बैशाख १२ र २९ गतेको भुकम्पबाट क्षती पुगेको बानपा ११ हाडेपाखा स्थित गणेश प्राथमिक बिद्यालयको पुननिर्माणका लागि भने ३ लाख बढी रकम सहयोग भएको छ ।

पटक पटकको पराकम्पनबाट बिद्यालयका ४ ओटा कक्षाकोठामा क्षति पुगे पछि बिद्यार्थीको पढाइ प्रवाभीत भएको समाचार बिभीन्न सञ्चारमाध्यममा प्रशारण भएकै आधारमा बागलुङ काठमाडौँ समाजले ३ लाख १० हजार रुपयौ सहयोग प्रदान गरेको हो ।



शुक्रबार बिद्यालयमा एक कार्यक्रमको आयोजन गरी बागलुङ काठमाडौ समाजका अध्यक्ष श्रवणलाल शाक्यले बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष अमर बहादुर थापालाइ हस्तानतरण गरिएको छ ।

रकम हस्तान्तरण गर्दै शाक्यले बिभीन्न सञ्चार माध्यममा बागलुङ नगरपालीका भित्रकै बिद्यालयको भवन क्षतीग्रस्त र पुन निमार्णको लागि आर्थिक अभाब भएको समाचार आएपछी बागलुङबाट काठमाडौ गही बसेको बागलुङलेहरुले रकम संकलन गरी सहयोग गरेका बताए ।
उनले बिद्यालयलाइ कार्यथालनीका लागी तत्काल सो रकम उपल्बध गराएको र आउदो दिन थप निमार्ण लागी पनी सहयोग गर्नै बताए ।
कार्यक्रममा समाजका सदस्य पद्मचन्द्र राजभण्डारी,भवन निमार्ण समीतीका तुलसिराम सापकोटा, सल्लाहाकार हिमाल शर्मा, धन बहादुर जिसी लगाएतले बिद्यालयको पुन निमार्णको लागी सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}