
|
|
प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट संविधान जारी हुनुलाई ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।
नयाँ संविधानमा हस्ताक्षर गरेपछि शुक्रबार सन्चारकर्मीहरुसँग उनले ‘संविधान निर्माणकार्य सम्पन्न हुनु सम्पूर्ण नेपालीहरुको जित हो’ भने ।
सबै पक्षका माग र एजेन्डालाई संविधानमा समेटिएको भन्दै प्रधानमन्त्री कोइरालाले सबै राजनीतिक दलहरूको एकताका कारण संविधान निर्माण सम्भव भएको बताए ।
संविधान कार्यान्वयनमा आइपर्ने चुनौतीलाई पनि सबै दलले मिलेरै सामना गर्ने उनको भनाइ थियो ।
यस्तै, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाका लागि गरेको लडाइँ सफल भएको भन्दै आफूले त्याग गरेर पनि यसको नेतृत्व गरेको दाबी गरे ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको इतिहासमै उत्कृष्ट संविधान बनेको दाबी गर्दै भोलिका दिनमा संविधान संशोधनमार्फत् असन्तुष्टिहरुको सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

