Home » » भीङगिठे बस दुर्घटनामा एक जनाको मृत्यु, अन्यको उपचार हुँदै !

भीङगिठे बस दुर्घटनामा एक जनाको मृत्यु, अन्यको उपचार हुँदै !


राम सुवेदी, बुतिवाङ २०७२ भदौ २७ । आईतवार विहान भीङगिठे गाविसबाट वुर्तिवाङ तिर आउदै गरेको यात्रुवाहक वस दुर्घटनाहुँदा बसमा सवार तीन जना यात्रु घाईते भएका छन् ।
विहान साढे ९ बजेको समयमा भीङगिठे गाविसबाट बुर्तिवाङ आउदै गरेको ना ४ ख ६३३८ नम्वरको यात्रुवाहक बस भीङगिठे र बुर्तिवाङ गाविसको सीमानमा पर्ने भयाङ भन्ने ठाउँमा दुर्घटना हँुदा घाईते भएका यात्रुहरुको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्दमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रनि ज्ञानबहादुर तामाङले जानकारी दिए ।

प्रहरीका अनुसार घाईते मध्य बसले च्यापिरहेको अवस्थामा रहेका एक जना यात्रुलाई उद्धार गरी थप उपचारका लागि बुर्तिवाङ लगिएको छ ।
अपडेट :घाईते मध्ये खुंगा ८ बस्ने बर्ष १९ को सुमन जी.सि. को उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिवाङमा निधन भएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}