
|
|
एजेन्सी, साउन २२ । वर्षातको समय छ, पानीदेखि मोबाइल जोगाउन निकै गाह्रो छ । नचाँहदा पनि मोवाइल पानीमा भिजिहाल्छ । सकेसम्म पानीबाट जोगाउनुस तर यदि पानीमा मोबाइल भिजिहाल्यो भने तपाइको लागि उपयोगी हुन्छ आधा केजी चामल ।
सबैभन्दा पहिला पानीमा भिजेको मोबाइलको स्विच अफ गर्नुहोस । त्यसपछि मोबाइलको ब्याट्री, सिमकार्ड मेमोरी कार्ड झिक्नुहोस । सफा सुतीको कपडा वा नरम ब्रसले भित्र घुसेको पानीलाई सफा गर्ने प्रयास गर्नुहोस । अब आधा केजी चामल लिनुहोस अनि मोबाइललाई खुल्लै चामलमा राख्नुहोस । पुरै मोबाइल डुब्ने गरि चामलमा राखि कम्तिमा २४ घण्टा यतिकै छाडिदिनुस ।
चामलबाट झिकेपछि मोवाइललाई हल्का तातोहावाले सफा गर्नुहोस ।यसरि राख्दा पानीका कारण मोबाइलमा भएको चिसोपनलाई चामलले सोस्छ ।अब ब्याट्री लगायतका ऐशेसरिज जोड्नुहोस र मज्जाले चलाउनुहोस मोबाइल । ब्याट्री, सिमकार्ड, मेमोरिकार्ड सबैलाई छुट्टाछुट्टै चामलमा राख्नु राम्रो हुन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

