
|
|
किरण आचार्य, बागलुङ २०७२ भदौ २३ । अञ्चल प्रहरी कार्यालय बागलुङले सडक दुर्घटना न्युनिकरणको लागि बुधवार देखि आरएससीसी केन्द्रको सुरुवात गरेको छ ।
धौलागिरी अञ्चलका चार जिल्लालाई लक्षित गरि अञ्चल प्रहरी कार्यालयले सडक सुरक्षा चेक प्वाईन्ट खडा गरि बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा सवारी दुर्घटना बढदै गइरेको अवस्थामा यसलाई प्रभावकारी तरिकाले कमगर्न काम सुरु गरिएको हो ।
बुधवार नै धौलागिरी अन्चल प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रहरी बरिष्ठ उपरीक्षक सुभासचन्द्र चौधरीले नजिकिदै गरेको चार्ड पर्वमा सवारी चालकाले मनपरी तरिकाले सवारी चालाउने, अपराधिक गतिबिधि बृद्धि हुने र लागुपदार्थको कारोवार समेत बढने हुन चार जिल्लामा मोवाई चेक प्वाईन्ट खडा गरि अभियान थालिएको बताए ।
पत्रकारहरु संगको भेटमा प्रहरी बरिष्ठ उपरीक्षक चौधरीले चार जिल्लाका बिभिन्न स्थानमा चेक प्वाईन्ट अस्थायी रुपमा खडा गरि सवारीको चेकजाँच गरिन शुरु गरिएको छ । आवश्यक परे जुन सुकै समयमा र स्थानमा पनि छडके रुपमा अगाडि बढाइने स्पष्ट पारे ।
चारवटा जिल्लाले आफनै तरिकाले सवारी चेकजाच“ गर्दै आएको भएपनि यसलाई थप कडाई गर्न अभियान सुरु गरिएको हो । अञ्चल प्रहरी कार्यालयले पहिलो पटक पोखरा बागलुङ सडक खण्डको पर्वतमा गुडने यातायातका साधनमा चेकजाच“ गरेको छ । । धौलागिरी अञ्चल प्रहरी कार्यालयले चार वटै जिल्लाको शान्ति सुरक्षा तथा सवारी गतिबिधिबारे जानकारी दिने र त्यसमा प्रभावकारी नभएको थप कडाई गर्ने प्रहरी बरिष्ठ उपरिक्षक चौधरीले बताए । अस्थायी सडक सुरक्षा चेक प्वाईन्ट एकै पटक दुई वटा स्थानमा छ,छ जनाको प्रहरी टोलि र ट्राफिक प्रहरी खटिदै आएका छन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

