
|
|
महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । ६ जना घाएते भएका छन् ।
त्यसअघिसशस्त्र प्रहरीका असईको हत्या गरेका थिए ।
आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका असईको हत्या भएपछि जलेश्वर थप तनावग्रस्त बनेको हो ।
दिउँसो भएको झडपमा प्रहरीको गोलीबाट हगीलेक गाविस घर भएकी रामशिला मण्डलको मृत्यु भएको छ । उनी राप्रपा नेपाल महोत्तरी जिल्ला कार्यसमिति सदस्य हुन् ।
अर्की एक महिलालाई गोली लागेको छ । गोली लागेर शैलादेवी चौधरी घाइते भएका हुन् ।
प्रहरीको गोली लागेर गणेश चौधरीको मृत्यु भएको छ । उनी रेडक्रसको बज्राही शाखा सभापति समेत हुन् ।
प्रहरीको गोली लागेर ६ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जलेश्वरको महादेव मन्दिरदेखि महेन्द्र चोकसम्मको क्षेत्रमा अहिले पनि तनाव कायमै छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

