
|
|
भाद्र २५, शुक्रबार बिहान महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरीका असइ थमनबहादुर विकको उपचार लागि लैजादै गर्दा बाटोमै हत्या भएको छ ।
जलेश्वरमा आज बिहान प्रदर्शनकारीको कुटाइबाट घाइते भएका विकको थप उपचारको लागि जनकपुर अस्पताल लैजाँदै गर्दा बाटोमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको सशस्त्र प्रहरी निरीक्षक धर्म थापाले बताए ।
जलेश्वर अस्पतालबाट जनकपुर अस्पतालमा लैजाँदै गर्दा जनकपुर-जलेश्वर सडकखण्ड अन्तर्गत महोत्तरी गाविस नजिक पर्ने भगवानपुरमा विकलाई एम्बुलेन्सबाट झिकेर प्रदर्शनकारीले भाटाले हानेर हत्या गरिएको थापाले बताए ।
जलेश्वर अस्पतालको एम्बुलेन्सबाट जनकपुर अस्पतालमा विकलाई एम्बुलेन्समा लगेको खबर पाएपछि प्रदर्शनकारीले बाटोमा कुरेर एम्बुलेन्स कब्जामा लिएका थिए । उनीहरुले विकलाई एम्बुलेन्सबाट झिकेर सडकबाट ३ सय मिटर पर धान खेतमा लागेर भाटाले हानेर हत्या गरेको थापाले घटनास्थलबाट जानकारी दिएका छन् । उनका अनुसार प्रदर्शनकारीले एम्बुलेन्स समेत जलाएका छन् । विकको शव वरपर भाटा र वियरको बोत्तल फेला परेको पनि उनले बताए ।
विकसँगै गएका सादा पोशाकका कुरुवा र एम्बुलेन्स चालक सम्पर्कबिहीन छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

