
|
|
महेन्द्र केसी, पर्वत २०७२ भदौ २६ । जिल्लाको सदरमुकाम भित्र संचालनमा रहेका होटल व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने गरेको पाइएको छ । कुस्मामा संचालित होटल व्यवसायीले भान्सा कोठाको सरसफाइ नगर्ने गरेको अनुगमनको क्रममा भेटिएकोे हो । चाडपर्व नजिकिए सँगै जिल्ला प्रसाशन कार्यालयले अनुगमनलाई तिब्रता दिएको थियो । तीज, छठ, दशै तिहार लगाएतका नेपालीका ठूला र महत्वपूर्ण चाड शुरु भए सँगसँगै जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएको हो ।
अनुगमनका क्रममा जिल्लामा रहेका अधिकांश होटलहरु खानबस्नको लागि अयोग्य रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा गरिएको अन्ुगमनमा जिल्लाको सदरमुकाममा संचालित अधिकांश होटल मापदण्ड विपरित र दयनीय अबस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन तथा निरीक्षण समितिका संयोजक चूडाराज भट्टराईले भने । अधिकांश होटेल दर्ता नै नभएका, बिनादर्ता मदिरासमेत बेचविखन गर्ने गरेको, मूल्यसूची नटाँसेको, मेनु नराखेको, सरसफाइको कमी, फोहोर भान्सा भेटिएको भट्टराईले बताए । होटेल सञ्चालकलाई एक साताको समय दिइएको र त्यस अवधिमा पनि सुधार नदेखिएमा कारबाही प्रकृया अघि बढाउने उनले तर्क छ । अनुगमन गरिएका तीनदर्जन होटेलमध्ये कुनै पनि सञ्चालन गरिउका योग्य नभएको उनको भनाइ छ । जिल्ला प्रशानसन कार्यालय, उपभोक्ता मञ्च, उद्योग बायिाज्य संघ, जिल्ला प्रहरी कार्यालय र पत्रकारको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो ।
किराना पसल, फेन्सीलगायत सबैखाले व्यापार व्यवसायको अनुगमन गर्न लागिएको प्रशासन कार्यालयले जनाएको छ। पहिलो चरणमा होटेलमा अनुगमन गरिएको र अन्य व्यवसायमा क्रमशः अनुगमन गर्दै जाने प्रशासनले जनाएको छ।
चाडपर्व शुरु भएसँगसँगै व्यापारीले कालोबजारी, उपभोक्तालाई ठगि, अखाद्य बस्तु विक्रिवितरण तथा अन्य क्रियाकलाप गर्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । अरु समयमा भन्दा चाडपर्वको समयमा बढि किनबेच तथा चहलपहल हुने र चाडपर्वको मौकामा व्यापारीले मौका छोपी चौका हान्न सक्ने भएका कारण यसतर्फ पनि समयमानै ध्यान दिनु आवश्यक छ । चाडपर्वको बेलामा मात्रै नभई सरोकारवाला निकायले समय समयमा यसरीनै अनुगमन गर्नुपर्ने आवश्यक देखिन्छ । अनुगमनको नाममा सरोकारवाला निकायले चाडपर्वमा मात्रै अनुगमन गरेको नाटक गर्नुभन्दा समयसमयमा अनुगमन गरी सवैलाई सचेत गराउनुपर्ने पनि देखिन्छ । नगरपालिका भित्रै संचालित भएका होटल व्यवसायको अबस्था त दयनीय रहेको छ भने सदरमुकाम बाहिरका होटलको अबस्था कस्तो होला यसमा पनि सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने, कालोबजारी गर्नेलाई तत्काल कार्वाहीको दायरामा ल्याउनुपनर्छ भने उत्कृष्ट र सफा होटल व्यवसायीलाई प्रोत्साहन समेत गर्नु आवश्यक छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

