
|
|
राजविराज : स्वयत्त मधेस प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले नेकपा (संयुक्त) की सभासद् मिथिला चौधरीको घरमा ढुङ्गामुढा गरेका छन् ।
राजविरा नपा–८ स्थित सभासद् चौधरीको घरमा नाराबाजी गर्दै शुक्रबार राति पुगेका प्रदर्शनकारीहरुले घरमा कालो झण्डा झुण्ड्याइ ढुङ्गामुडा गरेको चौधरीकी छोरी रक्षा चौधरीले बताइन् ।
तमलोपाका केन्द्रीय सदस्य साधना झा, सदभावना पार्टीकी पुनम यादवसहित पुगेको जुलुसले ढुङ्गामुढा गर्दा सभासद् चौधरीको घरको टायल फुटेका छन् । जुलुसमा बालकहरुसमेत संलग्न रहेका थिए ।
घरमा सभासद् चौधरीका छोरी र ज्वाई मात्र रहेका थिए । चौधरीका छोरी र ज्वाई दुबै जना पत्रकार हुन् ।
आन्दोलनकारीहरुले मधेस आन्दोलनका पक्षमा समर्थन नजनाउने सभासदहरु्को घर–घरमा कालो झण्डा झुण्ड्याउने निर्णय गरेको बताइएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

