Home » » रुपन्देहीका ठूला उद्योगमा तोडफोड र लुटपाट

रुपन्देहीका ठूला उद्योगमा तोडफोड र लुटपाट

भैरहवा : बन्दको अवज्ञा गरेको आरोप लगाउदै मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको भैरहवा–लुम्विनी औद्योगीक कोरीडोर क्षेत्रका आठवटा उद्योग प्रतिष्ठानहरुमा तोडफोड गरी क्षति पुर्याएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले जगदम्वा सिमेन्ट, वगदम्वा सेन्थेटिक, जगदम्वा स्क्यानीङ, रिलायन्स पेपर मिल, रिलायन्स सिमेन्ट, वृज सिमेन्ट, अम्वुजा सिमेन्ट, अर्घाखाची सिमेन्ट उद्योगमाथि आक्रमण गरेका छन् ।

आक्रमणकारीले उद्योगमा रहेको सिसी क्यामेरा, कम्पुटर तोडफोड गरिदिनुका साथै कामदार तथा सुरक्षा गार्डहरुमाथि दुव्र्यवहार गर्नुका साथै उनीहरुको साथमा रहेको पैसा, मोवाइल समेत लुटेर फरार भएको उद्योगप्रतिष्ठानका संचालकहरुले गुनासो गरेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संंघले वन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानहरुमाथि तोडफोड भएकोमा गम्भीर आपत्ती जनाउँदै जिल्ला सुरक्षा समितिसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
घटनाका कारण यसक्षेत्रका उद्योगी व्यापारीहरुले औद्योगिक सुरक्षा बल माग गरेको अध्यक्ष रामकुमार शर्माले बताए ।  

तोडफोडबाट उद्योगहरुको वास्तविक क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।

यसैबीच जिल्ला सुरक्षा समितीको शुक्रबार बसेको बैठकले औधेगिक क्षेत्रमा औद्योगिक सुरक्षा बल माग गरी केन्द्रमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}