Home » » सालैजो भाकामा “मार्सी धान झुल्यो” लिएर आईन भिमु गुरुङ् (भिडियो सहित)

सालैजो भाकामा “मार्सी धान झुल्यो” लिएर आईन भिमु गुरुङ् (भिडियो सहित)

बैकुण्ठ गिरी । पर्वत, नेपाली लोक साँङ्गगितीक क्षेत्रको लागि आशा लाग्दो नाम हो भिमु गुरुङ्ग । स्याङजा जिल्ला गा्रमिण क्षेत्र केवरे भन्ज्याङ्गमा जन्मिएर लोक संगितको क्षेत्रमा यो स्तरको चर्चा कमाउनु उनको लागि सामान्य कुरा होईन । तर उनी यस्तो शिखरमा छन् कि आजभोली लोकसंगितमा आउने मानिस जो कोहि भिमु हुन चाहान्छन यो उनको सफलताको लागि अर्को एउटा काम पनि हो ।

सानै उमेर देखि लोक लोकसंगितमा लाग्न चाहाने उनी अहिले नेपालको चल्तीको गायिकाको रुपमा चिरपरिचित छन् । नेपालमा लोकसंगितको क्षेत्रमा महिला लाग्नुलाई राम्रो मानिदैथ्यो तर उनी जनजाती समुदाय गुरुङ्गको छोरी भएको हनाले लोक संगित क्षेत्रमा आउनलाई त अप्ठारो परेन तर यो क्षेत्रमा लागेर गरेको संघर्ष भने निकै भएको बताईन । उनी भन्छिन् म सानै देखि गाँउमा हुने बिवाह, रोधी तथा अन्य कार्यक्रमहरुमा भाग लिन्थे यसकारण पनि मलाई सहज भयो । घरमा बाबा ममी लगायत आफ्ना अभिभावकको सहयोग मेरो लागि सफलताको अर्को शिखर भयो ।

भिमु निरन्तर यस्तो सफल यात्रामा लागिन कि जसकारण उनलाई एक पछि अर्को सफलता हासिल हुँदै गइरहेका छन् । भिमुलाई बजारमा हिट गायिकाको रुपमा हेर्नेगर्छन सहकर्मीहरु पनि । उनी भन्छिन जहाँ जुन क्षेत्रमा लागिन्छ इमान्दार भएर लागियो भने सफलता आफु खोज्दै पछ्याएर आउँदोरहेछ ।
लोकसंगित क्षेत्रमा महिलालाई हेर्ने दृष्टीकोण अलि फरक छरे नि भन्ने हाम्रो प्रश्नमा उनले भनिन् पहिला पहिला के थियो त्यो त मलाई थाहा भएन तर अहिले त्यस्तो केहि नभएको र महिला तथा पुरुष कलाकार समान भएको बताईन उनले थपिन मलाई यो क्षेत्रमा मेरो दाई अर्जुन गुरुङ्गले सर्पोट गर्नुभयो जुन महिले कहिल्यै बिर्षन सक्दिन ।

भिमु गुरुङ्ग लोकसंगित क्षेत्रमा लागेको त अहिले ७÷८ बर्ष मात्रै भएको छ तर उनले गित भने दर्जन भन्दा बढी गाईसकेकी छन् । दिवान किनारको लय÷शब्दमा झिम झिम सानु भाग दुई “टिपउ कि फुल ट्यापै” बाट आफ्नो यात्रा शुरु गरेकी गुरुङ्ग अहिलेसम्म दर्जनौ गितहरु बजारमा छन् जस्तै भने उनले केहि समय अगाडी गाएको गित “भेट भो रोधीघरमा” ले पनि उनलाई चर्चाको अर्को शिखरमा पु¥याएको छ । उनलाई स्टेज तताउँन सफल गायिकाको रुपमा पनि चिनिन्छ । नेपालमा ४०÷५० वटा जिल्लामा स्टेज कार्यक्रम गर्न गएकी उनी बिदेशका पनि कयौ ठाउँमा पुगेकी छन् । उनी अहिले भने जापानमा कार्यक्रममा ब्यस्त रहेको बताईन । हामीलाई भनिन् – हालै भने उनले आर. के. गुरुङको शब्द संगितमा सालैजो भाकामा गित लिएर आएकी छन् । गितले अहिले बजार तताईरहेको छ । भर्खर मात्रै युवटुवमा रिलीज गरेको गित हेर्नको सङख्या पनि निरन्तर बढ्दै गएको छ ।

गितमा भएका “मार्सी धान झुल्यो बेसीको खेतमा सालैजो
कोदो फुल्यो पाखैमा
जहाँ गए पनि के भनु माया सालैजो
तिम्रै झल्को आखैमा
बरैको छायाँ के भनु माया सालैजो
तिम्रै झल्को आखैमा
पाए हुन्थ्यो टिपेर लान फुल सरी मायाको जोवन
मलाई पनि संझना अति बसौं कित गासेको पीरती”
जस्ता शब्दले गितलाई निकै मनोरन्जनात्मक बनाएको छ । भने माया पिरती पनि उत्तीकै महत्व दिएको गितका संगितकार आर.के. गुरुङ्गले बताए । गितको भिडियोमा याम गुरुङ्ग, आर.के गुरुङ्ग, रिना थापा मगर र सिमा गुरुङ्गको अभिनय रहेको छ भने भिडियोलार्ई निर्देशन याम गुरुङ्गले गरेका छन् ।

Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}