
|
|
केदार शर्मा,
बागलुङ—साझेदारी बहुउद्देश्यीय सहकारी संस्था,बागलुङले आर्थिक वर्ष ०७१÷७२मा ३२करोड ११लाख ४६हजार ५सय रुपैयाँको कारोबार गरेको छ । सो अवधिमा सहकारीले ६७लाख १६ हजार आम्दानी, २६ करोड ४८लाख ७८ हजार बचत गरेको जनाएको छ । सहकारीले १ करोड ४६ लाख ४३ हजार शेयर पूँजी बनाएको सहकारीका अध्यक्ष राजु के.सी.ले जानकारी दिनु भयो ।
सहकारीकोे ८ औँ बार्षिक साधारणसभाको अबसरमा सो जानकारी गराएको हो । सो कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीहरुलाई सहकारीको मूल्य र मान्यता अनुसार संचालन गर्नको लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । राजनैतिक बिचारलाई अलग राखि सहकारीहरुलाई उत्पादन क्षेत्रमा लगाई आत्मनिर्भर बनाउनु पर्ने बताए ।
सो कार्यक्रममा बागलुङ बहुउद्देश्यीयका सल्लाहाकार दूर्गादत्त आर्चाय, लेखा समिती सदस्य राम पौडेल, कर्मशियल बहुउद्देश्यीय सहकारीका अध्यक्ष हिरामणी उपाध्याय ,जिल्ला बचत संघका अध्यक्षय चण्डी प्रसाद शर्मा , बागलुङ बहुउद्देश्यिय सहकारी संघकी अध्यक्ष अन्जु जि.सी , साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्क्षय राजेन्द्र प्रसाद आर्चाय , सहकारी कानुनी सल्लाहाकार शिबराज पन्त, धौलागिरी संविधान सूचना केन्द्रका संयोजक राम शर्मा, संञ्चालक समितीका सदस्य लक्ष्मी जैसी , सेयर सदस्य रमाकान्त सापकोटा लगायतले बोलेका थिए ।
साझेदारी सहकारी २०६४ मा २९ सेयर सदस्यबाट सञ्चालनभई अहिले सम्मआईपुग्दा ४२० सेयर सदस्य भएको सहकारीले जनाएकोे छ ।
साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजु के.सी.को अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद गौतम र सचिब तेज प्रसाद शर्माको संञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारीले वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट ऋणीतर्फ सुनिता शर्मा र दिवाकर सापकोटा, उत्कृष्ट बचतकर्तामा कर्ण बहादुर हमाल, गुरु प्रसाद कँडेल,टुक के.सी, डिलु कुमारी रेग्मी, आवधिक बचतमा प्रेमलाल शाक्य,एसएलसी परिक्षामा उत्कृष्ट शेयर सदस्यका छोराछोरीहरु मध्ये अस्मिता गौतम, छितिज श्रेष्ठ, ज्योती शर्मालाई सम्मान गरेको हो । सहकारीले सहकारी अभियान्ताहरुलाई सम्मान गर्न यो साधारण सभाबाट सुरु गरेको छ । सो कार्यक्रम अन्तरगत यो वर्ष बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङ तथा सिवाईसी साकोसका अध्यक्ष चण्डि प्रसाद शर्मालाई सम्मान गरेको छ । त्यसै गरी जेष्ठ नागरिकतर्फ नारायणदत्त उपाध्याय र धर्मराज शर्मालाई पनि सम्मान गरेको हो । साधारण सभाले सहकारीका सल्लाहकार हरि बहादुर खड्काको निधनप्रति शोक प्रस्ताब समेत पारित गरेको थियो ।
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

