Home » » जनशक्तिको बलियो भए मात्र आर्थिक विकासमा अगाडी बढन सकिन्छ

जनशक्तिको बलियो भए मात्र आर्थिक विकासमा अगाडी बढन सकिन्छ

रबिना बोहरा, बागलुङ, २०७२ भदौ २७ । राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसिले सहकारीको वित्तिय व्यवस्था, निति नियम र जनशत्तिको बलियो भए मात्र आर्थिक विकासमा अगाडी बढन सकिने बताएका छन् ।

‘सहकारी मार्फत दिगो विकास, आर्थिक विकास र सामाजिक न्याय’ भन्ने मुल नाराका साथ धौलागिरि आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था बागलुङले आठौँ बार्षिक साधारण सभाका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाले यस्तो बताएका हुन् । उनले सहकारी सेवा मात्र नभएर व्यवसाय पनि भएको हुदा सहकारीका प्रत्येक शेयर सदस्यहरुले व्यवसायीक रुपमा लाग्नुपर्नेमा जोड दिए । शेयर सदस्यले बचत गर्ने बानिको विकास गर्नुपर्ने भन्दै जिसीले सामाजिक एवं आर्थिक विकासका लागी सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए ।

साधारण सभाका अवसरमा सहकारीले असल बचतकर्ता लालमती बोसेल, बाल बचतकर्ता हेन्ड्री बोसेल थापा, असल ऋणी धनबहादुर बोहोरा, जेष्ठ शेयर सदस्य ओमबहादुर बिक, कृष्णबहादुर बोहोरा, श्रीराम विक, एसएलसीमा उत्कृष्ट अंक ल्याउने सुनिल बोसेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सचिव लक्ष्मी बोहोराले प्रगती प्रतिवेदन, लेखा समिति संयोजक तारा विकले लेखा प्रतिवेदन र कोषाध्यक्ष पम्फा किसानले १ करोड १७ लाख ८८ हजार ९ सय ४१ रुपैया कारोबारको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका सदस्य चेतराम चर्मकार, सल्लाहकार नविन किसान, ओमबहादुर बिक लगायतले बोल्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष वीरबहादुर किसानको अध्यक्षता, सल्लाहकार पर्शुराम विकको स्वागत र सचिव लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}