Home » » म्याग्दीमा उत्पादित अल्लोको कपडा जापान निकासी !

म्याग्दीमा उत्पादित अल्लोको कपडा जापान निकासी !

सन्तोष गौतम, म्याग्दी २०७२ भदौ २६ । म्याग्दीमा उत्पादित अल्लोको कपडा जापान निकासी हुन थालेको छ । बेनी नगरपालीका ४ हाडेभिरमा हिमाली अल्लो कपडा उत्पादन लघुउद्यमी समूहका सदस्यहरुलाई बिदेशबाट कपडाको माग आउन थालेपछि भ्याई नभ्याई भएको छ । अल्लो पुवालाई प्रसोधन गरेर त्यसको धागोबाट कपडा तयार पारिन्छ ।

कोट, झोला, पर्स, सल र स्वीटर बनाउनका लागि जापानमा अल्लोका कपडा निकासी गरेको समूहकी अध्यक्ष बिष्णु गुरुङले बताउनुभयो । समूहमा आवद्ध उद्यमीहरुले एक वर्ष यता उत्पादन गरेको दुई हजार मिटर अल्लोको कपडा जापानी ब्यापारीले खरिद गरेर लगेका छन् ।

‘एक वर्षमा कपडा बेचेर दश लाख रुपैया आम्दानी भयो’ गुरुङले भने बलीयो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा सितल हुने अल्लोका कपडा जापनका साथै काठमाडौ र पोखराको बजारमा पनि बिक्री हुन्छ ।

गुरुङसंगै आफ्ना छोराछोरीलाई पढाउनका लागि विभिन्न गाउँबाट सदरमुकाम झरेका महिलाहरुले हाँडेभिर स्थित साझा सुबिधा केन्द्रमा अल्लो प्रसोधन गरि धागो र कपडा बनाउने गरेका छन् । समूहमा सात जना महिलाहरु आवद्ध छन् ।

एक मिटर अल्लो कपडा पाँच सय रुपैयाका दरले बिक्री हुने उद्यमी नेकसरा पुनले बताउनुभयो । एक जनाले दिनमा ६ मिटरसम्म कपडा बनाउछन् । ‘मासिक १५ हजार रुपैया सम्म आम्दानी हुन्छ’ पुनले भने ‘घरखर्च चलाएर पनि बचत गर्न थालेका छौ । पैसाका लागि श्रीमान र घरका सदस्यहरुमा निर्भर हुनुपरेको छैन् ।’

घरायसी कामबाट बचेको दिउँसोको फुर्सदीलो समय र सिपलाई उनिहरुले साझा सुबिधा केन्द्रमा कपडा बुनेर सदुपयोग गरेका छन् । ‘बिहान बेलुकाको घरायसी काम गरेपछि दिउँसोमा फुर्सदको समयमा सामुहिक कपडा बनाउछौ’ उद्यमी बिष्णुकुमारी अर्मजाले भन्छिन् ‘समय र सिपको सदुपयोगसंगै आयआर्जनको अवसर पनि मिलेको छ ।’

उनिहरुलाई लघुउद्यम विकास कार्यक्रम, संगम म्याग्दी, लघुउद्यमी समूह संघ, घरेलु तथा साना उद्योग विकास समिति, वन कार्यालय, बहुसरोकारवाला वन कार्यक्रमले तालीम र औजारहरु सहयोग गरेका छन् । कपडा उत्पादनसंगै गुणस्तर वृद्धी गर्दै लैजाने योजना बनाएका उद्यमीहरुले धागो बनाउनका लागि अल्लोको पुवा अभाव भएको बताएका छन् ।

उच्च पहाडी क्षेत्रको जंगलमा पाईने चाल्ने सिस्नो भनेर चिनिने अल्लोको पुवालाई प्रसोधन गरेर तयार गरेको धागोबाट कपडा बनाउने गरिएको छ । गाउँलेले जंगलबाट संकलन गरेको पुवालाई प्रसोधन गरि बनाएको धागो प्रतिकिलो एक हजार रुपैयाका दरले खरिद गर्छन् ।
कपडा बनाउन थालेपछि जंगलमा खेर गैरहेको अल्लो पुवा उपयोगमा आएको छ । एक किलो धागोबाट पाँच मिटर कपडा बनाउन सकिन्छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}