
|
|
बागलुङ— भारतले नेपाली सीमामा गरेको अघोषित नाकावन्दीको विरुद्धमा राष्ट्रिय जनमोर्चा बागलुङले एक कार्यक्रमको विच विरोध जनाएको छ ।
सार्वभौम मुलुकमा भारतले विभिन्न बाहना र माग राख्दै गरेको अघोषित नाकावन्दीले मुलुकको स्वाधिनतामाथि प्रश्न उठ्दै गएको र दिनप्रतिदिन जनजिवन प्रभावित भएको भन्दै जनमोर्चाले देशव्यापी रुपमा गरेको विरोध सभा अन्र्तगत बागलुङमा पनि विरोध सभा गरिएको राष्ट्रिय जनमोर्चाका भिमसेन वनले जानकारी दिए ।
विरोध सभामा वोल्दै राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म कुँवरले भारतले अन्र्तराष्ट्रिय कानुनलाई कुल्चिदै नेपालमाथि हेपाह प्रवृति देखाएको भन्दै यसलाई डटेर सामना गर्नुपर्ने बताएका थिए । उनले नेपालमा लामो समयको संक्रमणलाई चिर्दै वनेको संविधानलाई मधेसको कारण देखाउदै आफ्नो अनुकुल वनाउन खोजेको भन्दै यसमा सजग र सचेत हुनपर्ने बताएका थिए ।
कार्यक्रममा नेकपा मसालका भरत पौडेलले मुलुकले राष्ट्रिय स्वाधिनता जोगाउने समय आएको भ्नदै विगतका अप्थयरा स्थितिलाई सामुहिक सामना गरेसरी दलहरु विभाजित नभए लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रम अखिल छैठौका केन्द्रिय सदस्य भिमलाल पोखरलको स्ञ्चालनमा सम्पन्न भएको थियो ।
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

