Home » » पतिको अधुरो सपना र संविधान लेख्ने इच्छा पुरा भयो—सभासद खड्का

पतिको अधुरो सपना र संविधान लेख्ने इच्छा पुरा भयो—सभासद खड्का

बागलुङ— बागलुङ क्षेत्र नं १की सभासद चम्पादेवी खड्काले संविधान सभा मार्फत संविधान लेख्ने चाहाना पूर्ण भएको बताउनु भएको छ । नेपाली कांग्रेसकोतर्फबाट उपनिर्वाचनमा विजयी भएकी सभासद खड्काले संविधान निर्माणको क्रममा अप्ठ्यारा आइ परेको भए पनि बागलुङका जनता समक्ष गरेको संविधान लेख्ने प्रतिवद्धता पुरा भएको जनाउनु भएको छ । सभासद खड्काले आज एक विज्ञप्ति प्रकाशित गरी संविधान पारित भए पछि आफ्ना स्वर्गबासी पति तत्कालिन सभासद हरि बहादुर खड्काको अधुरो इच्छा पनि पुरा भएको महशुल जनाउनु भएको छ । 


संविधान निर्माणको क्रममा बागलुङ टुक्राउने निर्णयले बागलुङका जनता निरास भएको भए पनि त्यसको बिरुद्धमा जिल्लाबासीको अभूतपूर्व समर्थन लिएर अहोरात्र खटे पछि बागलुङलाई एउटै प्रदेशमा राख्ने निर्णयमा सफल भएको विज्ञप्तिमा उल्लेख छ । सो अभियामा लाग्ने सबैलाई धन्यवाद दिँदै सभासद खड्काले संविधान केही दिने र केही लिने विषय भएकोले असन्तुष्टलाई क्रमैसँग सम्बोधन गर्ने प्रक्रियामा आउन र संयम अपनाउन पनि सभासद खड्काले असन्तुष्ट पक्षलाई आग्रह गर्नु भएको छ । सभासद खड्काले खुसीको क्षणमा सबैलाई बधाइ दिँदै बागलुङ र राट्रको हितमा निरन्तर लागि पर्ने प्रद्धिवद्धता जनाउनु भएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}