Home » » बागलुङका एक दम्पत्तिको पीडा, पत्निलाई गाउँ लान सक्दिन

बागलुङका एक दम्पत्तिको पीडा, पत्निलाई गाउँ लान सक्दिन

बागलुङ- बागलुङका सन्त परियार (नाम परिवर्तन) लाई पत्नीले विदेशबाट पैसा कमाएर ल्याएपछि घरपरिवार राम्रोसँग चलाउन सकिएला भन्ने आशा थियो। उनी सुखी जीवनको सपना देख्न थालेका थिए। तर परिस्थिति सोचेभन्दा उल्टो भइदियो सा त परै जाओस्, पत्नीसमेत पीडामा छट्पटाउँदै आइपुगेपछि सन्तलाई पर्नु पिर परेको छ।भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञ र उनका आफन्तबाट तीन महिनासम्म लगातार यौनहिंसाको सिकार भएर उनकी पत्नी फर्किएपछि सन्तले समेत गाउँमा आलोचना खेप्नुपरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यससम्बन्धी समाचार सार्वजनिक भएसँगै गाउँमा ‘तेरी पत्‍नी यस्ती र उस्ती’ भनेर कुरा काट्न थालेको गुनासो सन्तले पोखेका छन्।यही कारण गाउँमा पत्नीलाई लैजानसक्ने वातावरण नभएको भन्दै उनी बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगे।
‘म पत्नीलाई गाउँ लैजान सक्दिनँ। उनलाई गाउँ लगें भने झन् पीडाको जीवन जिउनुपर्छ। त्यो म चाहन्‍नँ। बरु काठमाडौंमै बस्छौं’, भावविह्वल हुँदै सन्तले सीआईबीका प्रहरी अधिकृतसँग यस्तो भनिरहँदा उनकी पत्नी डाँको छाडेर रोइन्।
आर्थिक अवस्था कमजोर भएका सन्तलाई अब दुई सन्तानलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता पनि थपिएको छ।’पत्नीको उपचारको जिम्मा कुनै सामाजिक संस्थाले लिए म काठमाडौंमै ज्यालामजदुरी गरेर भए पनि बच्चाको पालनपोषणमा लाग्न सक्थें’, सन्तले भने।
आफ्नै बुहारी कल्पनाले गरेको सेटिङबाट भारत पुगेकी मोरङकी अर्की ५० वर्षीया महिला र सन्तकी पत्नीले भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञ र उनका आफन्तबाट तीन महिनासम्म यौनहिंसा खेप्नुपरेको थियो। भारतीय प्रहरीले उद्धार गरी नेपाल फर्काएका उनीहरूमध्ये ५० वर्षीया महिलाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको प्रहरीले जनाएको छ।
सीआईबीकी प्रवक्ता एसपी किरण बज्राचार्यका अनुसार उनी राति बर्बराउने र डराउने गर्छिन्। राम्रो उपचारबिना ती महिलाको स्वास्थ्य अवस्था सामान्य हुने सम्भावना कम छ। प्रहरीले उनीहरूलाई बिक्री गर्ने कल्पनासँगै उनका दाजु जितबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ।
बज्राचार्यका अनुसार सन्तले प्रहरीसमक्ष भनेका छन्, ‘पैसा कमाएर ल्याउँछिन् र घर चलाउँला भन्ने थियो। उनले जति पीडा भोगिन्, त्यो चाहेर होइन, बन्धनमा परेर हो। म पत्नीलाई स्वीकार्न सक्छु तर गाउँलेले स्वीकार गर्दैनन्।’ सीआईबीले दुवै महिलालाई केही समयका लागि एक सामाजिक संस्थाको जिम्मा लगाएको छ।
भारतीय प्रहरीले भदौ २१ गते भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञको गुडगाउँस्थित अपार्टमेन्टबाट दुई महिलाको उद्धार गरी भदौ २४ गते नेपाल फर्काएको थियो। नेपाली युवतीलाई यौनशोषण गरेका साउदी अरेबियाका ती कूटनीतिज्ञ मजिद असुरले बुधबार भारत छाडेका छन्।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}