Home » » म्याग्दीका सात राजनीतिक दलले संयुक्तरुपमा बिजय उत्सव मनाउने !

म्याग्दीका सात राजनीतिक दलले संयुक्तरुपमा बिजय उत्सव मनाउने !

सन्तोष गौतम, म्याग्दी २०७२ भदौ ३१ । म्याग्दीका सात राजनितिक दलले संबिधानसभाबाट नयाँ संबिधान घोषणा भएको खुशियालीमा संयुक्त रुपमा दिपावली गरि बिजय उत्सव मनाउने भएका छन् ।

नेपाली काँग्रेस, एमाले, एकिकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, जनमुक्ति र अखण्ड नेपाल पार्टीको बिहीबार बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले संयुक्त कार्यक्रम गरेर खुसीयाली मनाउने निर्णय गरेका हुन् ।


बैठकपछि सात पार्टीका नेताहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती मार्फत गरी संबिधान घोषणा हुने दिन असोज ३ गते साँझ ६.३० बजे जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिपप्रज्वलन र ४ गते बेनीमा बृहत बिजय उत्सव ¥याली सहित आम सभा गर्ने जानकारी गराएका छन् । उनिहरुले नयाँ संबिधानको स्वागतका लागि दिपावली र बिजय ¥यालीमा सहभागि हुन सबै नागरीक, सरकारी तथा गैरसरकारी निकाय, संघ संस्थाहरुलाई अनुरोध गरेका छन् ।

नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मी, एमालेका सचिव बालकृष्ण सुवेदी, एकिकृत माओवादीका अध्यक्ष चन्द्रबहादुर घिमीरे, राप्रपा नेपालका अध्यक्ष पहलबहादुर खत्री, राप्रपाका अध्यक्ष एकेन्द्र रावल, जनमुक्ति पार्टीका अध्यक्ष नरबहादुर थापामगर र अखण्ड नेपाल पार्टीका बरिष्ठ उपाध्यक्ष डम्मरबहादुर बानियाले संयुक्त विज्ञप्ती प्रकाशन गरेका हुन ।

६५ वर्ष देखि नेपाली जनताको चाहना अनुसार संबिधानसभाबाट संबिधान जारी हुनु गौरवको विषय भएको उल्लेख गर्दै असोज तिन गते घरघरमा दिपावली गर्न र बिजयउत्सवमा सहभागि हुन म्याग्दीबासीलाई दलहरुले अनुरोध गरेका छन् ।

संबिधानको सहज रुपमा कार्यान्वयन गर्न संबिधान निर्माण प्रक्रियामा असन्तुष्ट मधेशवादी दलहरु, विभिन्न जातिय तथा क्षेत्रीय समूहहरुसंग वार्ताको माध्यमबाट उनिहरुको मागलाई सम्बोधन गर्न पहल गर्नुपर्ने जिल्लाका नेताहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।

देशमा स्थायित्व, शान्ति, अमनचयन, सहिष्णुष्ता, सद्भाव तथा राष्ट्रिय एकता, अखण्डता कायम गरि सबै उपलब्धिहरुलाई संस्थागत विकास गर्दै राष्ट्रले आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा सम्बृद्धीको बाटो तय गरि दिगो विकासको अभियानमा लाग्ने विश्वास गरेका छन् । a

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}