
|
|
बागलुङ—विद्यामन्दिर उमाविमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेको शन्देशमूलक तथा मनोरञ्जनात्मक चलचित्र ‘विद्यार्थी जीवन’ भदौ १०, ११ र १२ गते प्रदर्शन हुने भएको छ । हरि विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र कालिगण्डकी चलचित्र मन्दिर बागलुङमा विहान, दिउसो र साँझ गरी तीन सो मा प्रदर्शन गरिने भएको हो । विद्यामन्दिर उमावि निर्माता र मिलन विश्वकर्मा सह–निर्माता रहेको उक्त चलचित्रमा किशोर किशोरीमा देखिन सक्ने अम्मल, विकृतिहरु र कुलतबाट छुटकारा पाउने उपाय सहितको शन्देश समावेश गरिएको चलचित्रका निर्देशक हरि विश्कर्माले बताए ।
चलचित्र हेर्नका लागि बागलुङ नगरपालिका भित्रका विद्यालयहरुलाई निश्चीत समय निर्धारण समेत गरिएको छ । करिब पाँच लाखको लगानीमा निर्माण लेखक तथा निर्देशक हरि विश्कर्मा, रेजिना रोका, मिलन विश्वकर्मा, प्रतिमा थापा, राकेश परियार, रुबि रुचाल लगायतले अभिनय गरेका छन् । चलचित्र विद्यामन्दिर उमाविसंगै धौलागिरीका विभीन्न स्थानमा छायाँङ्न गरिएको छ । चलचित्र हेरेर विद्यार्थीको प्रतिभालाई हौसला प्रदान गरिदिन विद्यामन्दिर उच्चमाविले आग्रह समेत गरेको छ ।
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

