Home » » बिनामारेका क्यान्सर पीडित बालकलाई मकाउबाट ५० हजार सहयोग

बिनामारेका क्यान्सर पीडित बालकलाई मकाउबाट ५० हजार सहयोग

बागलुङ—आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएका जिल्लाको बिनामारेका ब्लड क्यान्सर पीडित बालकलाई रोजगारीको लागि मकाउ पुगेका युवाहरुले सहयोग गरेका छन् । बिनामारे—५का लक्ष्मी प्रसाद शर्मा र सिता शर्माका छ वर्षीय छोरा प्रविणको उपचारमा बागलुङ नगरपालिका—११ रमेटार घर भई मकाउमा कार्यरत रामप्रसाद शर्माको पहलमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
नव सन्देश डटकम अनलाइनले बागलुङमा आयोजना गरेको एक कार्यक्रममा बालकका बाबु लक्ष्मी प्रसाद शर्मालाई ५० हजार रुपैयाँ हस्तान्त्रण गरियो । सो रकम हस्तान्त्रण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलले सञ्चार माध्यमको पहलमा पीडितलाई रकम संकलन गरेर सहयोग गर्नु सह्रानीय काम भएको बताउनु भयो । राज्य पूर्ण रुपमा सक्षम नभएको अवस्थामा देशविदेशमा रहेका नेपालीले सहयोग गरेर राम्रो काम गरेको बताउनु भयो ।

बागलुङ नगरपालिका—११ रमेटार घर भई मकाउमा कार्यरत रामप्रसाद शर्मा , मकाउमा कार्यरत अमरापुरी—६ नवलपरासीका हरि पराजुली, दमन—२ मकवानपुरका राजाराम विष्ट, धनकुटा—२डण्डाबजारका पृथ्वी देवान, लेखानाथ नगरपालिका—१ कास्कीका जोक बहादुर गुरुङ, विहुँ—३ बागलुङका आत्माराम कँडेल, बागलुङ नगरपालिका—१रामरेखाका उदय बहादुर खत्रीले ५० हजार रुपैयाँ रकम संकलन गरेर पठाएका थिए ।
नवसन्देश अनलाइन लगायतका सञ्चार माध्यममा ‘बागलुङ बिनामारेका बालक बाँच्न चाहान्छन’ शीर्षको समाचार प्रकाशित भए पछि देशविदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । रकम हस्तान्त्रण कार्यक्रममा प्रविण पौडेल उपचार सघाउ रकम संकलन अभियानका संयोजक दुर्गादत्त आचार्य, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, रकम संकलन गर्न पहल गर्ने रामप्रसादका भाई बागलुङ नगरपालिका—११का श्याम शर्मा, पीडित बालका बाबु लक्ष्मी प्रसाद शर्माले बोलेका थिए भने कार्यक्रमको संचालन नवसन्देश डटकम अनालइनका सम्पादक दिलीप पौडेलले गरेका थिए । प्रविणको उपचारमा सघाउन स्वदेश तथा विदेशबाट अहिलेसम्म ९ लाख ३७ हजार रुपैयाँ रकम संकलन भएको परिवारले जनाएका छन् । व्लड क्यान्सरबाट पीडित भई कान्ति बाल अस्पताल,काठमाण्डौमा उपचार गराई रहेका बागलुङको आर्थिक अवस्थाले कमजोर शर्मा परिवारको उपचारमा समस्या भए परिवारले सहयोगको अपिल गरेपछि सहयोग संकलन गर्ने क्रम जारी रहेको छ ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}