Home » » बेनीबजार स्थित धार्मिक महत्वको शिव मन्दिर सरक्षणमा स्थानीयबासी

बेनीबजार स्थित धार्मिक महत्वको शिव मन्दिर सरक्षणमा स्थानीयबासी

सन्तोष गौतम, म्याग्दी २०७२ असोज ७ । म्याग्दी सदरमुकाम बेनीका बासिन्दाहरु खुल्ला मञ्च नजिकै रहेको चार सय वर्ष पुरानो शिवालय मन्दिर संरक्षणमा जुटेका छन् ।

प्रचारप्रसार र संरक्षणको कमीले ओझेलमा परेको ऐतिहासीक, धार्मीक र पर्यटकीय महत्वको शिवालय मन्दिरलाई व्यवस्थित बनाउन स्थानीयबासीले सक्रियता देखाएका हुन् । बाईसे चौबिसे राज्यका पालामा तत्कालीन मल्ल राजाले स्थापना गरेको यस मन्दिर अरु भन्दा फरक छ ।
गजुरको रुपमा बिशाल बरको रुख रहेकाले यस मन्दिरको धार्मीक र ऐतिहासीक मात्र नभई पर्यटकीय सम्भावना पनि देखिएको छ । तत्कालीन ज्यामरुककोटे राजा भर्तीबम मल्लले पुजाआजाका लागि शिवालय मन्दिर स्थापना गरेका थिए । यो मन्दिर चार सय वर्ष पुरानो भएको शिवालय मन्दिर संरक्षण समितिका सचिव सुन्दर केसीले बताए ।

शिवको मुर्ती र शिवलिंग रहेको यस मन्दिरमा दैनिक पुजाआजाका लागि एक जना पुजारी र सरसफाई गर्ने अर्को एक जना कर्मचारीको व्यवस्था गरिएको छ । यस स्थानमा आपत विपतमा परेकाहरुले दर्शन र पुजाआजा गरेमा समस्या टर्ने जनविश्वास रहेको शिवालय मन्दिर संरक्षण समितिका कोषाध्यक्ष पूर्णबहादुर जिसीको भनाई छ ।

समितिको प्रयासमा रुखको भार र जराका कारण जीर्ण बनेको मन्दिरमा लगाईएको कलात्मक ढुंगाको पर्खाललाई पलास्टर गरेर बलीयो बनाइएको छ । यसैगरी पुजास्थल र दिपप्रज्वलन गर्ने ठाउँ बनाइएको छ ।

मन्दिरमाथि उम्रिएको बरको रुखले धेरैको ध्यान आकर्षित गर्ने गरेको छ । मन्दिरलाई थप ब्यवस्थित र संरक्षण गरि धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य राखिएको कोषाध्यक्ष जिसीले बताए ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}