Home » » नरेठाटीको गौदी खोलामा मोटरेवल पुल निर्माण कार्य एकदुई दिनमै !

नरेठाटीको गौदी खोलामा मोटरेवल पुल निर्माण कार्य एकदुई दिनमै !

गुमानसिँह भण्डारी २०७२ असोज ७ । राष्ट्रिय महत्वको योजना मध्य पहाडी लोकमार्ग अन्तर्गत बागलुङ बुर्तिबाङ सडक खण्डको नरेठाँटीको गौदीखोलामा निर्माणाधीन मोटेरेवल पुल निर्माण कार्य अब एक दुई दिनमै सुरु हुने भएको छ । रौताह कम्पनीका ठेकदार भिम थापाले दिएको जानकारी अनुसार करिब २ महिनामा निर्माण कार्य सम्पन्न गर्ने बताएका छन् ।

खोलाको बिच भागमा ग्याबिन राखेर पानी एक भागबाट बग्ने बनाई निर्माण कार्य सुरु गरिने थापाको भनाई छ । प्रत्येक बर्षको बर्षा याममा बागलुङ जिल्लाका पश्चिम क्षेत्रका जनताले खेप्नुपर्ने समस्या अब दुई महिनामा समाधान हुने कम्पनीले जनाएको छ ।

पुल निर्माणका लागी सम्पुर्ण सामाग्री निर्माण स्थलमा आईसकेको छ, त्यसैले पनि काम निरन्तर अगाडि बढ्छ ठेकदार थापाले भने, बर्षाका कारण पनि पुल निर्माणमा समस्या भएकाले अब लगतै सुरु गरिने छ ।

उक्त पुल २०७० साल चैत्र भित्र निर्माण कार्य सक्नुपर्ने थियो । दुई वर्ष अघि निर्माण कार्य सम्पन्न गर्ने गरि लोकप्रिय निर्माण कम्पनीले ठेक्का लिएको पुलको ४० प्रतिशत काम सकेर ठेकेदार भागेपछि पुल अलपत्र बनेको हो । करिव ६० लाख भन्दा वढीको लागतमा वनेको संरचना विग्रदै गएको र पुलमा प्रयोग गर्न राखिएका बिभिन्न सामाग्री पनि हराएका छन । मध्यपहाडी लोक मार्ग परियोजनाले काम छाडेर भाग्ने ठेकेदार र कम्पनीलाई कालो सुचिमा राखेर कारवाहिको प्रक्रिया अघि वढाईएको बताईएको छ । यसरी ठेकदार भागेपछि केहि महिनामा सिध्याउने लक्ष्य सहित परियोजनाले रौताह कम्पनीलाई ठेक्का दिएको हो ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}