Home » » घरमा डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ !

घरमा डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ !

बागलुङ २०७२ असोज ७ । आफनै घरमा डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरको अभियोगमा घरधनीलाई नियन्त्रणमा लिई अनुसन्धान अघी बढाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता एवं प्रहरी निरीक्षक अरुणकुमार भण्डारीले दिएको जानकारी अनुसार बागलुङ नगरपालिका ३ गुठी स्थित डम्बरबहादुर खत्रीको घरमा डेरा गरी बस्ने बर्ष २२ की निर्मला (नाम परिवर्तित) लाई घरधनी खत्रीले बुधवार दिउसो २ बजेको समयमा जबरजस्ती करणी गरेको भन्ने व्यहोराको निज महिलाबाट जाहेरी दर्खास्त पर्न आएकोले अभियुक्तलाई हिरासतमा लिई अनुसन्धान भैरहेको छ ।

पीडित निर्मला विगत ५ महिना देखी खत्रीको घरमा भाडामा कोठा लिएर बस्दै आएकी थिईन् ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}