
|
|
काठमाडौं, असोज ७ । पछिल्लो समय दिल्लीका विरुद्धमा खरो रुपमा खनिन थालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुझाव दिएका छन् ।
बिहिबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ओलीले दिल्लीमा पानी परेको बेला नेपालमा छाता नओड्न भारतलाई सुझाव दिएका छन् । ओलीले आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै भनेका छन्
“दिल्लीमा पानी पर्छ नेपालमा छाता ओडेर वर्षातबाट बच्न सकिदैन । तसर्थ अरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेर आदेश दिनु भन्दा त्यो आदेश आफ्नो देशमा कार्यन्यवन गर्न र गराउन सक्नुपर्छ । भारत हाम्रो केन्दिय राज्य होइन हामीलाई बारमबार आदेश दिन छिमेकी आफ्नो ठाँउमा बस्नुपर्छ । हामी आफ्नो ठाँउमा हाम्रो तरिकाबाट चित्त बुझाऊछौ ।यो सात बुदे सहमति कुनै हालतमा पुरा हुदैन ।”
भारतीय अखबारमा आएको यो सात बुदे सहमति कुनै हालतमा पुरा नहुने समेत उनले उल्लेख गरेका छन् । नेपालको आन्तरिक मामिलामा अनावश्यक दबाब दिएको भन्दै ओली सहित शीर्ष तीन दलका शीर्ष नेताले खुलेर बिरोध गर्दै आए पनि नेपालमा अत्यधिक बहुमतले संविधान बनाइसकेको र शीर्ष ३ दलको सर्मथनमा नै ओली प्रधानमन्त्री बन्ने निश्चित प्राय भएका बेला भारतका विरुद्धमा अभिव्यक्ति दिनुलाई गम्भिरताका साथ हेरीएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |


