Home » » बागलुङ—बुर्तिवाङको सवारी भाडा घट्यो

बागलुङ—बुर्तिवाङको सवारी भाडा घट्यो

बागलुङ—मध्य पहाडी लोकमार्गले सडक स्तरोन्नती र कालो पत्रे गर्न सुरु भएसँग बागलुङ—बुर्तिवाङ सडक खण्डमा भाडा समायोजन गरिएको छ । बागलुङको भाडा निर्धारण समितिले बागलुङ–बुर्तिवाङ सडकमा गुड्ने सवारीको भाडा दर घटाउने निर्णय गरेको हो । बागलुङ—बुर्तिवाङ सडकमा प्रति किलोमिटर १ रुपैयाँ भाडा घटाई बसको प्रति किलोमिटर ६.५ रुपैयाँ र जिपको प्रति किलोमिटर ७.५ रुपैयाँ निर्धारण भएको प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिए ।

यातायात भाडा निर्धारण समितिको बिहीवार बसेको बैठकले मध्य पहाडी लोकमार्ग अन्तर्गत बागलुङ सदरमुकाम देखि बुर्तिवाङसम्म गुड्ने साना ठुला दुवै सवारी साधनमा असार ७ गतेदेखि लागू हुनेगरी भाडादर कटौती गरेको सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले बताए । प्रशासन, प्रहरी, धौलागिरी अञ्चल बस व्यवसायी संचालक समिति, धौलागिरी अञ्चल जीप व्यवसायी समिति, बुर्तिवाङ बस व्यवसायी समिति, ढोरपाटन बस व्यवसायी समितिको प्रतिनिधीहरुको रोबहरमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि यस सडक खण्डमा जीपले प्रति कि.मी. ८ रुपैयाँ ५० पैसा र बसले प्रति कि.मी. ७ रुपैयाँ ५० पैसा भाडा लिंदै आएका थिए । वर्षायामसंगै पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएमा भाडा दर समायोजन हुने व्यवसायी बीच समझदारी भएको छ । लामो समयदेखि सो सडक खण्डको भाडादर समायोजन हुनुपर्ने माग आम उपभोक्ताले राख्दै आएका थिए । बागलुङको घोडाबाँधे हटिया खण्डमा कालो पत्रे गर्ने कार्य अघि बढेको छ भने अन्य क्षेत्रमा पनि सडकको स्तरोन्नतीसँगै बाटोमा सवारी गुडाउन निकै सहज छ ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}