
|
|
दिलीप पौडेल,
बागलुङ
मध्य पहाडी लोकमार्ग सँगै जिल्लाका ग्रामिण क्षेत्रमा सडक निर्माण गरे पछि बागलुङको सार्वजनिक यातायात क्षेत्रमा धमाधम लगानी थपिँदै गएको छ ।बागलुङका ग्रामिण क्षेत्रदेखि राजधानी काठमाण्डौसम्म पुग्नको लागि साना तथा ठूला सवारी साधन थपेका छन् ।
नयाँ ठाउँमा सडक निर्माणसँगै व्यवसायीक सम्भावना देखेर लगानीकर्ता उत्साहित भएका हुन् । ‘यातयाता क्षेत्रमा सिन्डिकेट’को आरोप खेपिरहँदा गृह मन्त्रालयले नयाँ नीति ल्याए पछि नयाँ कम्पनी खोलेर यातायात क्षेत्रमा लगानी गरेका हुन् । यहाँका युवाहरुले यसै साता बागलुङ भगवति यातायात प्रा.लि. मार्फत करिब छ करोड सार्वजनिक यात्रायात्र क्षेत्रमा नयाँ लगानी थपेका छन् । काठमाण्डौमा एसी माइक्रो बस र ग्रामिण सडकमा आइचर बस संचालन गर्न लागिएको सञ्चालक मनोज खड्काले बताए । ‘ग्रामिण क्षेत्रदेखि शहरी इलाकामा नयाँ सेवा दिन सुरु गरेका छौँ,’ खड्काले भने ।
अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा समिति दर्ता गरी सवारी साधन सञ्चालन गर्दै आएकोमा गृह मन्त्रालयले नयाँ नीति ल्याए पछि कम्पनी ऐन मार्फत सवारी साधन संचालनमा ल्याएका हुन् ।
कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेर नौ युवाहरुले छ करोडको लगानीमा सेवा दिन सुरु गरेको अर्का सञ्चालक डिल बहादुर पराजुली बताए । ‘यात्रुहरुलाई आरामदायी सेवा दिनको लागि छ माइक्रोबस ल्याएका छौँ,’ खड्काले भने, ‘बसमा एसी, वाईफाई सहित विभिन्न सुविधा राखेका छौँ ।’ नौ युवाले छ माइक्रो बसमा ३ करोड ४८ लाख र नौ आइचर बसमा २ करोड ५२ लाख गरी ६ करोड रुपैयाँ लगानी गरेका छन् ।
बागलुङमा चार समिति र एक कम्पनीले यातायात्र क्षेत्रमा लगानी बढाइ रहेका छन् । यहाँको यात्रु ओसार्ने सार्वजनिक सवारी साधनमा लगानी करिब सवा अर्व रुपैयाँ पुगेको छ । धौलागिरी यातायात बस व्यवसायी समिति,बागलुङ मार्फत १ अर्व ६६ करोड रुपैयाँ, बागलुङ भगवति यातायात प्रा.लि.बाट ६ करोड, धौलागिरी जिप व्यवसायी समिति,बागलुङ मार्फत ३३ करोड, बुर्तिवाङ यातायात व्यवसायी बागलुङले साढे १२ करोड रुपैयाँ, ट्याक्सीमा साढे ३ करोड रुपैयाँ लगानी गरेका छन् ।
लामो समयदेखि सेवा दिँदै आएको धौलागिरी यातायात बस व्यवसायी समितिले पनि नयाँ ‘पर्यटकीय बस’ मार्फत आफ्नो सेवा बिस्तार गरेको छ । सो समितिले बागलुङदेखि काठमाण्डौको लागिा ७० लाख रुपैयाँ पर्ने २० ‘पर्यटक बस’ थप गरेको धौलागिरी यायात बस व्यवसायी समितिका महासचिब उमेश के.सी.ले बताए । ‘गुणस्तरीय सेवा दिनको लागि एसी बसमा १४ करोड रुपैयाँ लगानी गरेका छौँ,’ के.सी.ले भने, ‘खुल्ला बजारमा यात्रुको मागलाई ध्यानमा राखेर एसी बस थप गरे गरेका हौँ ।’
सो समितिले बागलुङका ग्रामिण क्षेत्र सहित पोखरा, काठमाण्डौ, नारायणगढ, बिरगञ्ज, कोठियाघाट, काकडभित्ता लगायतका क्षेत्रमा ३ सय ७० बस संचालन गरेको समितिका अध्यक्ष कुमार खड्काले बताए । ‘जनतालाई यातायातको क्षेत्रमा सहज सेवा दिन मुलुकका मुख्य शहरमा बस सञ्चालन गरेका छौँ,’ खड्काले भने, ‘लगानी जोखिममा भए पनि सेवा दिन प्रयासरत छौँ ।’ धौलागिरी बस समिति मार्फत व्यवसायीले ३ सय ७० बसमा १ अर्व २९ करोड रुपैयाँ लगानी, पर्यटकीय २० एसीमा १४ करोड रुपैयाँ, ४५ माइक्रो बसमा २३ करोड रुपैयाँ लगानी गरेका छन् । यहाँ साना ठूला करिब सवा सात सय सवारी साधन रहेका छन् ।
छोटो दुरीमा जिल्लाका ग्रामिण क्षेत्रमा जिप संचालन गर्दै आएको धौलागिरी जीप व्यवसायी समितिले नारायणगढ, कुश्मा बजार लगायतका क्षेत्रमा जिप सेवा सुरु गर्ने तयारी गरेको छ । १ सय ९० जिप सञ्चालन गर्दै आएकोमा नयाँ १५ जिप थपेर सेवा बिस्तार गर्न लागेको समितिका सचिब विष्णु अधिकारीले बताए । ‘यात्रीको माग अनुसार कुश्मा र चितवनमा सेवा बिस्तार गर्ने तयारीमा छौँ,’ अधिकारीले भने, ‘ जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा जिपलेनै सेवा पु¥याएका छन् ।’ २ सय ५ जीपमा जीप करिब ३३ करोड रुपैयाँ लगानी गरेका छन् ।
मध्य पहाडी लोकमार्ग सहित बागलुङका ग्रामिण क्षेत्रमा सेवा दिने लक्ष्य गरेर बुर्तिवाङ बस व्यवसायी समितिले पनि लगानी बढाउँदै गएको छ । जिल्लाको ग्रामिण बजार बुर्तिवाङदेखि सिधै काठमाण्डौसम्म सिधै एसी बस सञ्चालन गरेको बुर्तिवाङ यातायात व्यवसायी समितिका अध्यक्ष चन्द्र अर्यालले बताए । ‘१७ बस र २० जिप सञ्चालन गरेका छौँ,’ अर्यालले भने, ‘ग्रामिण क्षेत्र केन्द्रीय सेवालाई प्राथमिकतामा राखेका छौँ ।’
बस र जीप मात्र नभएर साना सवारी सानको रुपमा ट्याक्सीले पनि यात्रुलाई सेवा पु¥याउँदै आएका छन् । करिब ३६ ट्याक्सीले यहाँबाट यात्रुकोे माग अनुसार गन्तव्यमा पु¥याउने गरेको धौलागिरी ट्याक्सी व्यवसायी समिति, बागलुङका अध्यक्ष विष्णु पन्तले बताए । ‘साढे तीन करोड रुपैयाँ लगानी रहेको छ,’ उनले भने ।
Source: Nawasandesh
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

