
|
|
गुमानसिँह भण्डारी, गल्कोट २०७२ भदौ २३ । नरेठाटी ४ भुङखानीमा आज साँझ ५ बजे ट्याक्टर दुर्घटना भएको छ । बागलुङ देखि गल्कोट आउदै गरेको लु ३ त नम्बरको ट्याक्टर अनियन्त्रित भई सड्कको बाया भागमा पल्टिएपछि चालक खिम बहादुर बिक गम्भिर घाईते भएको ट्राफिक प्रहरी हटियाका प्रमुख हेमलाल पुरीले बताए ।
लोड बढी भएको र ट्याक्टरको हाईड्रोलिक एक्कासी उठेपछि दुर्घटना भएको हुनसक्ने पुरीको भनाई छ । रायडाडाँका चालक खिम बहादुर बिकको टाउकोमा गम्भिर चोट लागेको हुदाँ हटियाबाट एम्बुलेन्स पठाई बागलुङ लगिएको छ ।
दुई जना सवार उक्त ट्याक्टरका सहचालक मनोज बिक भने सामान्य घाईते भएको बताईएको छ । काँडेबासका तेजप्रसाद सापकोटाको उक्त ट्याक्टर दुर्घटना हुदा चालक बिकको अवस्था चिन्ताजनक भएपछि तत्कालै बागलुङ पठाईएको छ ।
Source: Dhaulashree

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

