Home » » साउदीले भन्यो -‘नेपाली युवतीले लगाएको यौनशोषणको आरोप गलत’

साउदीले भन्यो -‘नेपाली युवतीले लगाएको यौनशोषणको आरोप गलत’

काठमाडौं, भदौ २४ । साउदी अरब दूतावासका सचिवले नेपाली युवतीलाई बन्धक बनाएर चार महिनादेखि चरम यौनशोषण गरेको आरोपलाई साउदी अरबले गलत भनेको छ । भारत स्थित साउदीको दुतावासले सबै आरोप झुठा भएको बताउँदै भारत सरकारसँग बिरोध जनाएको छ ।

साथै दुतावासले सचिवको घरमा प्रहरीले कथित रुपमा छापा मारेकोमा पनि विरोध जनाएको छ । दुतावासले भारतको बिदेश मन्त्रालयसँग यस विषयमा जवाफ मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको गुडगाउँस्थित सचिवको निवासमा घरेलु मजदूरका रुपमा कार्यरत् नेपाली युवती र उनकी आमाको सोमबार राती उद्धार गरिएको थियो। साउदी दुतावासका अधिकारीले बताए अनुसार उक्त निवासलाई दुतावासले भाडामा लिएको हो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}