
|
|
काठमाडौं, भदौ २४ । तराइ बन्दका कारण भारतबाट औषधी बोकेका गाडी नेपाल भित्रन नसक्दा काठमाडौं उपत्यका सहित पहाडी जिल्लामा पनि औषधीको अभाव सुरु हुन थालेको छ ।
भारतबाट औषधी लिएर हिँडेका ५० भन्दा बढी ट्रक वीरगंजमै रोकिएको औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए । अर्घाखाँची, सिन्धुली लगायतका पहाडी जिल्लामा केही औषधीको अभाव सुरु भइसकेको छ । स्टक रहेको औषधी केही दिनलाई पुग्ने र बन्द लम्बिए देशभर औषधीको चरम अभाव हुने अध्यक्ष श्रेष्ठको भनाई छ । नेपालमा खपत हुने औषधीमध्ये ६० प्रतिशत भारतबाट आयात हुने गर्छ ।
तराईका जिल्लामा औषधीको अभाव झन् चर्किएको छ । दिनहुँ खानुपर्ने रक्तचाप, सुगर, मुटुरोगलगायतका औषधी नपाउँदा बिरामी मर्कामा परेका छन । औषधी पठाएका केही गाडिसमेत बन्दकर्ताले जलाएपछि तराइमा औषधी पठाउन नसकिएको औषधी व्यवसायी संघले जनाएको छ ।
अत्यावश्यक औषधी काठमाडौंबाट प्लेनमा पठाइएपनि त्यो पर्याप्त हुन सकेको छैन । आफूहरुले बिज्ञप्तीमार्फत सबै पक्षलाई औषधीको आपूर्ति सहज बनाउन आग्रह गरेपनि त्यसो हुन नसकेको भन्दै श्रेष्ठले अब सरकारसँग छलफल गरिने बताए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

