
|
|
बागलुङ— जिल्ला शिक्षा कार्यालय, म्याग्दीले गैर कानुनी रुपमा विद्यालय समायोजन गरेको भन्दै नेपाल विद्यार्थी संघ, म्याग्दीले अदालतमा मुद्दा दायर गरेको छ । बिपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने बरङ्जा गाविस वडा नं ६मा रहेको खानीगाउँको मण्डली प्राथमिक बिद्यालयलाई सोही बरजा गाविसको महेन्द्र निमाबिमा गाभिएको भन्दै सो निर्णय बदर गराउन माग गर्दै पुनरावेदन अदालत, बागलुङमा मुद्दा दायर गरेको छ ।
नेविसंघ म्याग्दीका अध्यक्ष भरत बहादुर रकाल शाहीले विद्यालय समायोजन गैर कानुनी निर्णय भएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी यथावत रुपमा विद्यालय संचालन गर्न निषेधाज्ञायुक्त परमादेशको जारी गर्न माग गर्दै अदालत पुगेका हुन् ।
नेविसंघ अध्यक्ष रखालले म्याग्दीका जिल्ला शिक्षा अधिकारी दिलीप कुमार ठाकुर, जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका स्थानीय विकास अधिकारी चिरन्जिवी पौडेल, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, धवलागिरी मावि श्रोत केन्द्रका श्रोत व्यक्ति खिमानाथ पौडेल र विद्यालय समायोजनको स्वीकृती दिने मण्डली प्राथमिक विद्यालय खानिगाउँ बरंजाका प्रधानाध्यापक दिनेश पुनलाई विपक्षी बनाई मुद्धा दायर गरेका छन् ।
निवेदक शाहील्ो मण्डली प्राबिका बिद्यालय ब्यवस्थापन समित, शिक्षक, अभिभाबकलाई समेत जानकारी नगराईकन विद्यालय गाभिएको, जुन बिद्यालयमा गाभिएको हो शिक्षकलाई पनि सोही बिद्यालयमा जाने नियम भए पनि बिद्यालयका शिक्षकलाई अन्य ठाउँमा सरुवा गरिदिएको उल्लेख गरेका छन् । सो प्राबिमा हाल १९ जना बिद्यार्थीहरुले अध्ययन गदै आएका थिए । सोही बिद्यालयमा ससाना बिद्याथीहरुले अध्ययन गर्ने हाल गाभिएको बिद्यालयमा पुग्नलाई बिद्यार्थीहरुलाई १ घण्टा ३०मिनेट लाग्ने बताईएको छ ।
शिक्षा मन्त्रालयले बिद्यालय समायोजन निर्दे्शिका २०७० जारी गरी कार्यान्वयनमा ल्याईसकेको छ । निर्देशिका नंः ४ ख ले बिद्यालय गाभ्दा दुई बिद्यालय बिचको दुरि ३० मिनेट भन्दा कम रहनुपर्ने गरि ब्यवस्था गरेको छ । तर गाभ्ने र गाभिने मण्डली प्राबि र महेन्द्ररत्न निमाबिको पैदलदुरि १ घण्टा ३० मिनेट रहेको नेपाल बिद्यार्थी संघ म्याग्दीका अध्यक्ष रकालले जानकारी दिएका छन् । सो मुद्दाकोतर्फबाट बहस गर्ने कानुन व्यवसायी चिरन्जिवी शर्माले बालबालिकाको शिक्षा पाउने अधिकारलाई सुनिस्चित गर्नुपर्ने बताउनु भयो ।
Source: Nawasandesh
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

