Home » » ब्रा ले गोली छेकेपछि महिलाको जोगियो ज्यान

ब्रा ले गोली छेकेपछि महिलाको जोगियो ज्यान

वक्षकवच अर्थात् ब्रा पनि कहिलेकाहीँ रक्षाकवच नै हुँदोरहेछ । एकजना महिलाको ब्रा ले गोली नै छेकिदिएपछि ती महिलाको ज्यान जोगिएको छ ।
घटना जर्मनीको हो । सिकार खेल्ने क्रममा एकजना महिलालाई लागेको गोली चमत्कारिक रुपमा उनले लगाएको ब्रा ले छेकिदिएपछि उनको ज्यान जोगिएको छ ।
नर्थ राइन वेस्टफेलियाकी बासिन्दा ४१ वर्षकी ती पर्यटक महिला आफ्नो पति सँगै मेक्लन्बर्ग पोमेरेनियामा बाइकमा हुँइकिरहेकी थिइन् । उक्त जंगलमा उनीहरु भुलबस भालुको सिकार गर्ने क्षेत्रमा प्रवेश गरेछन् । तत्कालै महिलालाई आफ्नो छातिमा दुखेको अनुभव भयो ।
पछि हेर्दा पो थाहा भयो उनलाई गोलीले लागेको रहेछ र उक्त गोलीलाई ब्राको भित्री तारले रोकेर बाहिरै फर्काइदिएछ । सिकारीले हानेको गोली उनलाई सिधै लागेको नभै अन्तबाट उछिटि्एर उनको छातिमा बजि्रन आएछ ।

धन्न उनको ब्रा विशेष खालको स्पोर्ट ब्रा रहेछ । भित्री तह धातुको रहेकाले उक्त ब्रा बुलेट प्रुफ भएछ र महिलाको सम्भावित दुर्घटना टरेछ । यो घटना अगष्ट २ मा भएको हो ।
श्रीमतीको छातिमा गोली लागेपछि उनका श्रीमान आत्तिए । नजिकै उनले गोली हान्ने मानिस देखेपछि तत्कालै उक्त सिकारी भाठौँ गएर उसलाई सबै कुरा बताए । उनीहरुबीच सामान्य भनाभन पनि भयो । पछि प्रहरीले गोली हान्ने सिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा एउटा मृत भालु पनि फेला परेको छ ।
गोली बजि्रँदा ती महिलाको छातिमा डेढ सेन्टिमिटर ठूलो रगतको फोका बनेको बताइएको छ ।एजेन्सीको सहयोगमा

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}