
|
|
(एजेन्सी) चिसो पानीले नुहाउँदा गर्मी कम हुन्छ । तर चिसो पानीले नुहाउनुको फाइदा यतिमै मात्र सिमित छैन् ।
चिसो पानीले तपाईको दिमागलाई पनि ठन्डा बनाउँछ । त्यस्तै तपाईको शरिरमा रहेको युरिक एशिडलाई चलायमान बनाउँदै विभिन्न चोट–पटकबाट लागेका खतमा बस्ने ब्याक्टेरियालाई हटाउन समेत भूमिका खेल्छ । यसबाहेक पनि चिसो पानीले शरिरमा गर्ने फाइदा धेरै छन् ।
प्रजनन क्षमता वृद्धि – पुरुषको प्रजनन क्षमतामा चिसो पानीले वृद्धि ल्याउने एक अध्ययनको दाबी छ । यदी तपाईलाई बच्चा चाहिएको छ भने चिसो पानीले नुहाउने गर्नुहोस् । ठीक उल्टा, तातो पानीले पुरुषको प्रजनन क्षमता घटाउँछ ।
प्रभावकारी रक्तसञ्चार – ध्यानपूर्वक चिसो पानीको मज्जा लिनुहोस् । जब तपाईको शरिरको छालामा चिसो पानीले स्पर्श गर्छ, त्यतिबेला छुट्टै आनन्द आउँछ । याद गर्नुहोस्, यस्तो समयमा तपाईको रक्तसञ्चार निकै प्रभावकारी भइरहेको हुन्छ ।
रोग प्रतिरोधक क्षमता बढाउँछ– यदी तपाई ह्वाइट ब्लड सेल बढाउन चाहनुहुन्छ भने चिसो पानीले नुहाउनुहोस् । चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
पाचनशक्ति बढाउँछ – तपाई जब चिसो अवस्थामा हुनहुन्छ तब आनन्ददायक महसुुस गर्नुहुन्छ । त्यस्तै तपाईको शरीरले पनि चिसो अवस्थामा आफै ताप बढाउँछ । त्यसपछि मेटावोलिजमको वृद्धि हुन्छ ।
चोटको पीडा कम गर्छ – तपाईले धेरैभन्दा धेरै काम गर्नुहुन्छ भने तपाईको शरीरले आराम खोज्छ । त्यस्तो अवस्थामा दुर्घटना हुनसक्छ तर चिसो पानीले नुहाउनाले शरिरलाई फेरि ताजगी मिल्छ ।
अतिरिक्त फाइदा – चिसो पानीले नुहाउनाले शरीरको भित्री पीडामा कमी आउँछ । यसले कपाल स्वस्थ रहन्छ भने किड्नीले समेत राम्ररी काम गर्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

