Home » » बागलुङ दुग्ध सहकारी संघद्वारा गत वर्ष झण्डै ५ करोडको दुध बिक्री !

बागलुङ दुग्ध सहकारी संघद्वारा गत वर्ष झण्डै ५ करोडको दुध बिक्री !

बागलुङ, २०७२ असोज ५ । बागलुङ दुग्ध सहकारी संघ लिमिटेड बागलुङको चौधौ वार्षिक साधारणसभामा संघको अध्यक्षमा पुनः युक्तप्रसाद कंडेल सर्वसम्मत चयन भएका छन् ।

साधारणसभाबाट संघको उपाध्यक्षमा ओमनाथ सापकोटा, सचिवमा धरणीधर सापकोटा, सहसचिवमा रामबहादुर हमाल तथा कोषाध्यक्षमा बालकृष्ण कंडेल चयन भएका छन् । समितिका सदस्यहरुमा बालकृष्ण कंडेल, नारायण गैरे, डिल्लीप्रसाद कंडेल र डिलाराम कंडेल रहेका छन ।
संघको लेखा समिति संयोजकमा कमलप्रसाद शर्मा तथा सदस्यहरुमा ओमप्रसाद कंडेल र ऋषिराम कंडेल रहको छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य रामबहादुर जिसीले सपथ खुवाएका थिए भने साधारणसभाको उद्घाटन डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा विभिन्न वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष युक्तप्रसाद कंडेलको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव सुरेन्द्रबहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिका–२ श्रीनगरटोलमा रहेको आफ्नै सुविधा सम्पन्न कार्यालय भवन र अन्य आधा दर्जन विक्री केन्द्र मार्फत संघले बागलुङ बजारमा दैनिक २ हजार २ सय लिटर दुध विक्री तिवरण गर्दै आइरहेको छ ।

संघले गत आर्थिक वर्षमा ४ करोड ७० लाख ५४ हजार ६ सय ११ रुपैयाको दुध विक्री वितरण गरेको कोषाध्यक्ष धरणीधर सापकोटाले जानकारी दिए ।

संघले चालु आर्थिक वर्षका लागि ५ करोड ९ लाख ६५ हजार रुपैयाको आय व्यय प्रस्ताव गरेको छ । यस्तै विभिन्न निकायसंग समन्वय गरी दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्नुका साथै सहकारी अभियानलाई प्रभावकारी बनाउने लक्ष्य संघको रहेको अध्यक्ष युक्तप्रसाद कंडेलले बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}