Home » » रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा आजबाट सुरु

रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा आजबाट सुरु

मिडिया एनपी, काठमाडौं, ५ असोज । रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा आजबाट सुरु भएको छ । गत बैशाख १२ गतेको बिनासकारी भूकम्पका कारण स्थगित भएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा आजबाट सुरु गरिएको हो । ललितपुर बुंगमतीको छ्यासीकोटमा फेरि बनाएको रथमा सोमबार मूर्तिलाई रथारोहण गरिएपछि मंगलबारदेखि रथ तान्न सुरु गरिएको छ ।


रथ जात्रा भएकोले रथलाई छ्यासीकोट, सैबु, भैसेपाटी, नख्खु खोला, एकान्तकुना, भनिमण्डल, यावलाखेल हुँदै पुल्चोक पुर्याइनेछ । पुल्चोकमा पुगेपछि रथलाई सजाएर अरु वर्षमा झै पाटनको गाबहाल, महापाल, मंगलबजार, सुन्धारा, टंगल, लगनखेल, इटी टोल हुँदै जावलाखेलमा पुर्याइनेछ । जावलाखेलमा भोटो देखाएपछि रथलाई फेरि एकान्तकुना, नख्खु खोला, भैंसेपाटी हुँदै बुंगमतीमा फर्काइनेछ । आज ललितपुरको छ्यासीकोटबाट सुरु भएको मच्छिन्द्रनाथको रथ यात्रामा जे देखियो रथ यात्राको तस्विर कथा ।

Machhindranath Jatra 2015 | Daily Exclusive News ( Media Np TV)

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}