
|
|
६ असोज, काठमाडौं ।
भारतले नाकाबन्दी गरे पेट्रोल मात्र नभएर भारतीय फिल्म पनि नेपाल आउन छोड्नु पर्ने माग गरेर चर्चामा रहेका हास्य कलाकार दिपक राज गिरीले भारतले गल्ती गरेको भन्दै अर्को स्टेटस लेखेका छन् ।
भारतीय प्रधानमन्त्रीले नेपालमा वाही वाही पाइरहेको समयमा नेपाललाई चाहिँदै नचाहिएको दुत पठाएर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेपछि उनी बदनाम बनेको दिपकको भनाइ छ ।
नेपाल र भारतको दुरी घटाएर वाही वाही पाएका नरेन्द्र मोदीले भूकम्पको समयमा लगाएको गुन पनि विर्सिने गरी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु ठूलो गल्ती भएको दिपकको तर्क छ ।
उनले भनेका छन् – कुरो त्यॉहा बिग्रीयो जब उनले दूत पठाए….. हामिलाइ आबश्यकतै नभाको चिज पठाए पछि त समस्या हुने नै भो!!!’
पेट्रोल मात्र होइन हिन्दी फिल्म पनि बन्द होस- दिपक राज गिरी
दिपककले अगाडी भनेका छन् ‘दार्जिलिंगमा गोर्खा ल्यान्डको मागमा तनाब हूदॉ त हीमिले त्यसलाइ स्वागत गरेर नयॉ दिल्लिमा कुनै दूत पठाएनौ! तपाइको सरकारले नेपाली मूलका नागरिकलाइ लठ्ठी र गोली बर्साउदा हाम्रो सरकारले त चूँ सम्म बोलेन किनकि त्यो तपाइको आन्तरिक मामला थियो मधेसी दाजू भाइ नेपाली हुन्, त्यो भूभाग नेपालको हो’
दिपकले आफू मोदीको फ्यान भएको तर अहिलेको अबस्था लाइ हेर्दा उनले नेपाल भ्रमणताका गरेको भाषणमा तालि पिटेको मा मलाइ आत्मग्लानि हुन लागेको समेत भनेका छन् ।
हिँजो मात्र उनले भारतले नाकाबन्दी गर्दा पेट्रोल र तेल तथा खाद्यान्न मात्र नभएर भारतीय फिल्मको पनि नाकाबन्दी हुनु पर्ने बताएका थिए ।
स्मरणीय कुरा के छ भने मोदी नेपाल आएको समयमा उनको ब्यङ्ग्य गरेर बनाइएको दिपक राज गिरीको तितो सत्य सिरियल नेपाल टिभीले रोकेको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |


