
|
|
साजन परियार,पर्वत-पर्वतको वालिङ हुवास हुदै वराचौरको खहरेखोला कालिगण्डकी लोकमार्ग जोड्ने वालिङ हुवास मोटरवाटो मर्मत तथा सरसफाई गरिएको छ । चाडपर्व नजिकिए सँगै सडकको चाप वढे्न थालेपछि स्थानिय ४० जना युवाहरुको सक्रियतामा सडकको मर्मत तथा सरसफाई गरिएको स्थानिय युवा कुलवहादुर हिताङले जानकारी दिनुभयो ।
युवाहरुले वराचौर वडा नम्वर ४ अम्वारी मावि देखी पराजुली चोकसम्म नरेन्द्र क्षेत्रीको नेत्तृत्व र पराजुली चोक देखी बराचौर गाविसको सिमना सम्म कुलवहादुर हिताङको सक्रियतामा मोटरवाटो मर्मत तथा सरसफाई गरिएको थियो । सडक मर्मत नहुँदा त्यस क्षेत्रका किसानहरु मारमा परेको भन्दै सडक मर्मत गरिएको स्थानियवासीको भनाई छ । जिल्ला विकास समिति पर्वतवाट पटक पटक अनुगमनको लागि सरकारवाला आएपनि कुनै परिर्वन नभएको स्थानिय युवाहरुले आरोप लगाएका छन । सडक मर्मत भएसँगै यातयातका साधनहरुलाई आवातजावात गर्ने सजिलो हुने स्थानिय युवाको भनाई छ ।अहिले गाउँमा उत्पादीत सामग्रीहरुलाई बजार सम्म लैजान सजिलो हुने उनीहरुको भनाई छ । बाटो निर्माण भएसँगै स्थानिय किसानहरुले उत्पादित वस्तु पोखरा ,नारायणघाट,बुटुवाल,पाल्पा लगायतका सहरमा पु¥याउँदै आएका छन
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

