Home » » धौलागिरीका ३८ प्रहरी कारबाहीमा

धौलागिरीका ३८ प्रहरी कारबाहीमा

बागलुङ—प्रहरी आचरण विपरितका काम गर्ने प्रहरीलाई कारबाही गरेको अञ्चल प्रहरी कार्यालय,बागलुङले जनाएको छ । धौलागिरीमा आर्थिक वर्ष २०७१÷०७२मा ३८ जना प्रहरीलाई कारबाही गरेको एसएसपी सुवासचन्द्र चौधरीले जानकारी दिए । 

आफ्नो ड्युटी अनुसार काम नगर्ने, प्रहरी संगठनको अनुशाषन उलंघन गर्ने र पदीय दायित्वलाई पुरा नगर्ने लाई कारबाही गरिएको उनले बताए । बागलुङमा १४, म्याग्दीमा १०, पर्वतमा ७ र मुस्ताङमा कार्यरत ५ जना गरी कुल ३८ जनलाई कसुर अनुसार विभिन्न कारबाही गरेको चौधरीले बताए । कारबाहीमा पर्नेमा सिपाहीदेखि सइसम्म रहेका छन् ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}