
|
|
केदार शर्मा,
बागलुङ— सवारी दुर्घटना न्यूनिकरण र अपराध नियन्त्रण गर्न धौलागिरी अञ्चल प्रहरी कार्यालय, बागलुङले छड्के अनुगमन सुरु गरेको छ । अञ्चल प्रहरीले आकस्मिक रुपमा सडक सुरक्षा चेक प्वाइन्ट खडा गरेर सवारी साधनको चेकजाँचमा कडाइ गरेको हो ।
चाडपर्व नजिकिँदै जाँदा सवारी दुर्घटना बढ्नुका साथै चोरी तथा अपराधिक घट्ना हुने भएकोले धौलागिरी अञ्चलका चारै जिल्लामा छड्के जाँच गर्न सुरु गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले बताए । ‘ हरेक जिल्लामा जिल्ला प्रहरीले आफ्नो ढंगले चेकजाँच गरिरहेको छ,’ चौधरीले भने, ‘हामीले आकस्मिक रुपमा छड्के जाँच सुरु गरेका छौँ ।’ बुधबार पर्वतको मालढुंगा नजिकै सवारी साधनको चेकजाँच गरी सवारी नियम उलंघन गर्नेलाई कारबाही गरिएको थियो । चेक जाँच सहित सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि जनचेतना समेत अभिबृद्धि गर्ने कार्यक्रम रहेको चौधरीले बताए । उनका अनुसार धौलागिरीको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
Source: Nawasandesh
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

