Home » » लापरबाहीका कारण पर्बतको चर्चमा एक बालिकाको मृत्य

लापरबाहीका कारण पर्बतको चर्चमा एक बालिकाको मृत्य

पर्वत–चर्चमा परमेश्वरले रोग निको पार्ने भन्दै बालिकामाथि लापरबाही गर्ने लक्ष्मी गुरुङ कारागार चलान भएकी छन्। जिल्ला अदालत पर्वतको आदेशले पुर्पक्षका लागि उनी थुनामा परेकी हुन्। न्यायाधीश मोहनचन्द्र भट्टराईको एकल आदेशमा उनी कारागार चलान भएको प्रहरी निरीक्षक ओमप्रकाश चौधरीले बताए।

गत साउन २५ गते बेहोस भएकी कुश्मा नगरपालिका–९ की नौ वर्षीया बालिका एस्तर नेपालीलाई उपचारका लागि क्रिस्चियन प्रचारक कार्यालय मण्डली चर्चमा लगिएको थियो। चर्चमा गुरुङले बालिकालाई श्वासप्रस्वास नै बन्द हुने गरी मुखमा पानीको बोतल राखिदिएको प्रहरीले सरकारी वकील कार्यालयमार्फत अदालतमा बुझाएको जाहेरीमा उल्लेख छ।

नियमित रुपमा चर्चमा पुग्ने बालिकाका बाबु शंकर र आमा बसन्तीले छोरीको मृत्यु भएको विषयमा बेवास्ता गरेका थिए। तर बालिकाका काका शालिकराम नेपालीले उपचारको नाममा लापरबाहीले मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले साउन २८ गते गुरुङलाई पक्राउ गरेको थियो। ‘अस्पताल पु¥याएको भए भतिजीको ज्यान जाने थिएन,’ बालिकाका काका शालिकरामले भने, ‘परमेश्वरको नाममा लापरबाहीले नै ज्यान गएको हो।’

चर्चमा राख्दा बालिकाको अवस्था निकै गम्भीर भएपछि जिल्ला अस्पताल पर्वत पु¥याइएको थियो । जिल्ला अस्पताल पु¥याउदासाथ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए । बालिकाकी आमा सोही चर्चमा कार्यरत छिन् । बाबु साप्ताहिक रुपमा चर्चमा जाने गरेका थिए। बालिकाका काकासहित अन्य आफन्तले चर्चमा बालिकाको हत्या भएको भन्दै दोषीलाई कारबाही माग गर्दै प्रदर्शन समेत गरेका थिए ।

कारागार चलान भएकी २५ वर्षीया लक्ष्मी गुरुङको घर सुदाप गाविस वडा नम्बर ४ तेह्रथुम हो । उनी केही वर्षदेखि कुश्मा नगरपालिका–९ मा रहेको क्रिश्चियत धर्म प्रचारक कार्यालयमा बस्दै आएकी छन् । चर्चमा यसअघि पनि परमेश्वरले रोग निको पार्ने भन्दै भ्रममा बिरामी महिलाहरु आउने गरेका थिए ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}