Home » » शरिरका कुन अंग फर्फराए के हुन्छ ? शुभ या अशुभ ? जानी राखौं

शरिरका कुन अंग फर्फराए के हुन्छ ? शुभ या अशुभ ? जानी राखौं

काठमाडौं। नेपालमा थुप्रै रितीरिवाज, चालचलन र संस्कृती छन् । हाम्रोमा विद्यमान कुनै मान्यतालाई मान्छौं त कसैलाई स्विकार गर्दैनौं । यस्तैमा आँखा फर्फराउने विषयलाई पनि नेपाली समूदायले विशेष महत्व दिएको हुन्छ । हाम्रो शरिर निकै संवेदनशील हुने गर्दछ । यसै कारण हाम्रो शरिरले भविष्यमा हुने घटनालाई पनि पहिले नै आशंकाको रुपमा व्यक्त गर्ने गर्दछ । भविष्यको घटनालाई अवगत गराउनका लागि हाम्रो शरिरको विभिन्न अंग फर्फराउने गर्दछ । अंग फर्फराउनु हामीलाई शुभ र अशुभ कुराको अवगत गराउनु हो ।

हाम्रो शरिरको कुनै पनि भाग फर्फराउनुको कुनै न कुनै महत्व राख्ने गर्दछ । महिला र पुरुषको अंग फर्फराउनुको अर्थ भिन्न भिन्न हुने गर्दछ । आउनुहोस्, यस बारे विस्तृत जानकारी लिऔं ।
– यदि महिलाको दायाँ आँखा फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ भने पुरुषहरुको बायाँ आँखा फर्फराउनु राम्रो मानिन्छ । महिलाको बायाँ आँखा फर्फराउनुको अर्थ उनको परिवारमा कुनै सदस्य बिरामी हुनु हो ।
– बायाँ आँखाको माथिल्लो भागा फर्फराउँछ भने तपाईंको दुश्मनसँग अझ दुश्मनी बढ्न सक्छ । आँखाको तल्लो भाग फर्फराउँछ भने बेकारमा कुनै कुरामा तपाईंको बहस हुनेछ र तपाईं अपमानित हुनुपर्नेछ ।
– बायाँ  आँखाको नाकको तर्फको कुना फर्फराउँछ भने यसको संकेत शुभ हुने गर्दछ । पत्र प्राप्तिको सूचना पाइने गरिन्छ अथवा कुनै प्रिय व्यक्तिसँग तपाईंको भेट हुनसक्छ ।
– यदि कुनै महिला वा पुरुषको दुबै आँखा एकैपटक फर्फराउँछ भने यसको फल दुबैमा एकै प्रकारको हुने गर्दछ । कुनै छुटिएका राम्रा साथीहरुसँग भेट हुन सक्छ ।
– दायाँ आँखा पछाडि भागबाट फर्फराउँछ भने यसको फल अशुभ हुने गर्दछ । बायाँ आँखा माथिल्लो तर्फ फर्फराउँछ भने यसको फल शुभ हुन्छ । महिलाको बायाँ आँखा फर्फराउँछ भने यसले पनि शुभ फलको संकेत गर्दछ ।
– यदि दुबै गाला फर्फराउँछ भने तपाईंलाई अतुल धन प्राप्त हुनसक्छ । यदि ओठ फर्फराउँछ भने तपाईंको कुनै हितैषीको आगमन हुने गर्दछ । मुख फर्फराउनुको अर्थ तपाईंको छोराको तर्फबाट शुभ समाचारको सूचक हुने गर्दछ । यदि लगातार दाहिने आँखाको माथिल्लो भाग फर्फराउँछ भने शारिरिक कष्ट हुनसक्छ ।
– यदि दायाँ हत्केला फर्फराउँछ भने तपाईंलाई पैसा र मानसम्मान मिल्ने गर्दछ भने बायाँ हत्केला फर्फराउँछ भने पैसाको हानी नोक्सानी हुने गर्दछ ।
– ओठ फर्फराउँछ भने कुनै प्रिय कुरा पाउने संकेत हो । यदि ओठको माथिल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रु नाश हुने गर्दछ । ओठको तल्लो भाग फर्फराउाछ भने कुनै प्रिय साथीसँग तपाईंको भेटघाट हुने गर्दछ ।
– यदि तपाईंको दायाँ घुँडा फर्फराउँछ भने सुन प्राप्ति हुनसक्छ । दायाँ घुँडाको तल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रुमाथि विजय प्राप्ति हुने गर्दछ । यस्तै, बायाँ घुँडा फर्फराउँछ भने तपाईंको रोकिएको काम पूरा हुनेछ ।
– यदि तपाईंको दायाँ काँध फर्फराउँछ भने तपाईंको छुट्टिएको भाइ भेटिने संकेत हुनसक्छ र यदि बायाँ काँध फर्फराउँछ भने रक्त विकार अथवा बाथ सम्बन्धि रोग हुनसक्छ । यदि दुबै काँध फर्फराउँछ भने तपाईंको कुनै व्यक्तिसँग झगडा हुनसक्छ ।
– यदि तपाईंको जुंगा फर्फराइरहेको छ भने तपाईंको लागि यो शुभ संकेत हो । यसले समृद्धि आउने गर्दछ । यदि तपाईंको जुंगाको बायाँ हिस्सा मात्र फर्फराइरहेको छ भने तपाईंको कुनै व्यक्तिसँग बहस हुने सम्भावना रहेको हुन्छ ।
– यदि तपाईंको दाहिने कनपट्टी फर्फराइरहेको छ भने तपाईं जुन कामको लागि जाँदै हुनुहुन्छ त्यसमा तपाईंले सफलता पाउनुहुन्छ र यदि बायाँ कनपट्टी  फर्फराइरहेको छ भने तपाईंले आफूले चाहेको वस्तु पाउनुहुन्छ ।
– यदि तपाईंको दायाँ कान फर्फराएमा तपाईंले शुभ समाचार पाउन सक्नुहुन्छ । बायाँ कान फर्फराएमा प्रतिष्ठित व्यक्तिसँग तपाईंको भेटघाट हुने सम्भावना रहेको हुन्छ ।
– यदि तपाईंको पूरै टाउको फर्फराइरहेको छ भने तपाईंले यो सबैभन्दा राम्रो शुभ स्थिती हो । यस्तो अवस्थामा तपाईंले अरुको धन पाउन सक्नुहुन्छ, कुनै मुद्दामा जित हाँसिल गर्नुहुन्छ, राजसम्मान पाउन सक्नुहुन्छ अथवा भूमी प्राप्त गर्नसक्नुहुन्छ ।
– यदि तपाईंको दायाँ आँखीभौं फर्फराए तपाईंको मनोकामना पूरा हुनेछ । बायाँ आँखीभौं फर्फराए शुभ समाचार पाउनुहुन्छ । दायाँ आँखाको  माथिल्लो तर्फको भाग फर्फराउँछ भने तपाईंले पैसा र कीर्ति पाउनुहुन्छ अथवा जागिरमा पदोन्नती हुनसक्छ तर तल्लो भाग फर्फराए केही अशुभ हुने सम्भावना व्यक्त गर्दछ ।
– यदि तपाईंको कुर्कुच्चा फर्फराउँछ भने यो आर्थिक लाभको शुभ संकेत हो । दायाँ कुर्कच्चा फर्फराउँछ भने यसले बिरामी भएको सूचना दिइरहेको छ । बायाँ कुर्कच्चा फर्फराइरहेको छ भने तपाईंले कुनै अपराधका कारण जेल जानुपर्ने हुन्छ ।
– यदि तपाईंको पिठ्युँ फर्फराए कुनै विपदमा फस्ने सम्भावना हुने गर्दछ । पिठ्युँको दाहिने तर्फ फर्फराए तपाईंलाई आँखाको रोग हुनसक्छ । छाती फर्फराए मित्रको मिलनको सूचनक हो । छातीको माथिल्लो भाग फर्फराए झगडा हुने सम्भावना हुन्छ । नितम्ब फर्फराए प्रसिद्धि अथवा सुखको सूचक हो ।
– यदि तपार्ईंको पेट फर्फराउँछ भने यो अन्नको समृद्धिको सूचना दिने गर्दछ । यदि पेटको दायाँ हिस्सा फर्फराइरहेको छ भने घरमा धनको वृद्धि हुनेछ भने सुख र खुसी बढ्ने गर्दछ ।
– यदि तपाईंको बायाँ भाग फर्फराउँछ भने धन समृद्धि ढिलो  रुपमा बढ्ने गर्दछ र यो शुभ संकेत होइन ।
– यदि तपाईंको माथिल्लो भाग फर्फराउँछ भने यो अशुभ हुने गर्दछ । तर पेटको तल्लो भाग फर्फराउँछ भने स्वादिष्ट भोजनको सम्भावना हुने गर्दछ ।
– यदि पिठ्युँ दायाँ तर्फ फर्फराइरहेको छ भने धन धान्यको वृद्धि हुनसक्छ तर पिठ्युँको बायाँ भाग फर्फराउनु ठिक होइन । यस्तो भए, मुद्दा मामलामा हार र कोहीसँग झगडा हुने गर्दछ ।
– यदि बायाँ पिठ्युँ बिस्तारै फर्फराइरहेको छ भने परिवारमा छोरीको जन्म हुने सम्भावना हुनसक्छ र यदि तेज रुपमा फर्फराइएको छ भने समयभन्दा पहिले नै प्रसव हुनसक्छ ।
– यदि पिठ्युँको माथिल्लो भाग फर्फराइरहेको छ भने धन प्राप्ति हुन सक्छ र तल्लो भाग फर्फराइरहेको छ भने धेरै मानिसबाट प्रशंसा पाइने सम्भावना हुन्छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}