Home » » नयाँ संविधानको बागलुङमा यसरी स्वागत गरिँदै

नयाँ संविधानको बागलुङमा यसरी स्वागत गरिँदै

बागलुङ—नेपालको संविधान २०७२ पारित भई औपचारिक रुपमा घोषणा गर्न लागेकोमा बागलुङमा क्रियाशिल सात दल सहित विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाली जनताका जनप्रतिनीधिले निर्माण गरिएको संविधानबाट शासित हुन पाउने लोकतान्त्रिक अधिकारयुक्त संवैधानिक प्रक्रिया स्थापित भएकोमा खुसी व्यक्त गरेका छन् । 

नेपाली कांग्रेस बागलुङका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्याय, एमालेका अध्यक्ष श्रीप्रसाद शर्मा , एमाओवादीका कार्यालय सचिब चन्द्र बहादुर शिर, , राष्ट्रिय जनमोर्चाका अध्यक्ष अम्मर थापा, राप्रपाका अध्यक्ष टिकाराम सापकोटा, अखण्ड पार्टीका कार्यवाहक अध्यक्ष रुद्र महत, नेकपा मालेका हुमा खड्का, उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठ , नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेशचन्दू राजभण्डारी, गैर सरकारी संस्था महासंघका अध्यक्ष परमानन्द कँडेलले आ संयुक्त विज्ञप्ति प्रकाशित गरी संविधानको स्वागत गरेका छन् । 

संयुक्त रुपमा प्रकाशित विज्ञप्तिमा संविधान निर्माणमा देखिएका सानातिना मतभेदहरुको उपयुक्त व्यवस्थापन गर्न राष्ट्रिय सहमतिको बाटो खोल्न आग्रह गर्दै बागलुङ जिल्लाको सम्पूर्ण भूभागलाई प्रदेश नं ४मा कायम गर्न योगदान पु¥याउने सबैलाई धन्यवाद दिएका छन् । उनीहरुले संविधान घोषणा गर्दाको दिन भदौ ३ गते घरघरमा दीपावली मनाउन र भदौ ४ गते बागलुङ बजार, गल्कोट, बुर्तिवाङ, कुश्मिशेरामा आयोजना गर्ने संयुक्त कार्यक्रममा सहभागी हुन समेत आग्रह् गरेका छन् ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}